मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

खाद्य अधिकार संजालको बैठक ,विभिन्न निर्णय गरीयो
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज माघ २२ ।   आइतबार बाँकेका खाद्य अधिकारका विषयमा वकालत तथा पैरवी गदै आएकाे खाद्य अधिकार संजालको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । लुज फोरमको रुपमा रहेको संजालले खाद्य अधिकारका विषयमा गरेका विषयलाई समेट्दै स्मारीका प्रकाशन गर्ने देखि लिएर गर्दै आएका क्रियाकलापहरुमा थप अनुगमन गर्ने लगायतका निर्णयहरु गरेको संजालका सचिव पतिराम थारुले बताए । यसैगरी फियन नेपाल लुम्बिनी प्रदेश संयोजक सुरेश कुमार गौतमले खाद्य अधिकारको विषय पछिल्लो समय निकै महत्व तथा आवश्यक भएको हुदाँ सबै सरोकार निकायहरुको समेत चासोको विषय हुनु पर्ने बताउँदै पछिल्लो समय बाँकेका केही स्थानिय तहहरु सकारात्मक रहेको बताए । बैठकमा सचिव थारु,फियानका गौतम,संजाल कोषाध्यक्ष रितालक्ष्मी आचार्य,सदस्य एवं पत्रकार मधु पौडेल,सदस्य धुर्वराज शर्मा,सदस्य तथा अधिवक्ता बल बहादुर चन्द,सदस्य कविता क्षेत्री र डिल्ली प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

  • २२ माघ २०८०, सोमबार ००:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित