दुर्गा आचार्य
बर्दिया २८ भाद्र । पहुचवाला किसान तथा सहकारी हरुले मात्रै पाउदै आएको अनुदानलाई निरुत्साहित गरिने पशुपंक्षी विकास मन्त्री सन्तकुमार थारुले वताएका छन्। बर्दियाको बारबर्दिया नगरपालिकाको नगर सभाको बजेट अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री थारुले यस्तो वताएका हुन् । अवका दिनमा पहुँच नभएका साना किसान हरुलाई लक्षित गरि अनुदानका कार्यक्रम ल्याउने प्रतिवद्धता समेत मन्त्री थारुले नगरवासी बिच गरेका छन् ।
साना किसानलाई अधिकार सम्पन्न बनाउन परिचयपत्रको व्यवस्था गर्न लागिएको
मन्त्रीले खुलासा गरेका छन् । साना किसानलाई लक्षित गर्दै युवा लक्षित कार्यक्रमका साथै सानाकिसानले हासील गरेको शिक्षाको आधारमा मुल्यांकन गरिने कार्यविधिलाई परिवर्तन गरीएको मन्त्री थारुले जानकारी गराए।
साना किसान कार्यक्रममा अनुदान बढाएर एक बर्षभित्रमा अण्डामा आत्मनिर्भर हुने, दुईबर्ष भित्रमा मासुमा आत्मनिर्भर हुने र तिनबर्षभित्रमा दुधमा आत्मनिर्भर हुनेगरी कार्यक्रम ल्याउन लागेको समेत उनले जानकारी दिएका छन् ।
यसका लागि पशुसेवा, दुध चिस्यान केन्द्र बजारको ब्यवस्थापन सहित सुपर पकेट क्षेत्र घोषणा गर्ने कार्यक्रमको शुरुवात बर्दियावाट गर्न लागीएको समेत मन्त्रीलेक खुलासा गरेका छन् ।