मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रेस स्वतन्त्रसेनानी राम गोपाल बैश्य अस्पतालमा उपमेयर उमा थापा उपाचारमा कुनै कसर बाँकी नराख्न आग्रह
  • मार्गरेखा संवाददाता

  • प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार राम गोपाल वैश्यको स्वास्थ्य स्थिती फेरी बल्झिएपछि उपचारार्थ नेपालगञ्ज मेडिकल कलेज शिक्षण अष्पताल नेपालगञ्ज उपचारार्थ भर्ना हुनु भएको छ । नेपालगञ्जबाट प्रकाशित शंखनाद साप्ताहिकका सम्पादक समेत रहनु भएका ७४ वर्षिय वैश्य ४५ वर्षदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । वैश्य आजको सामना साप्ताहिक पत्रिकाका सम्पादक अजय कुमार गप्ताका पीता समेत हुनुहुन्छ । उहाँ केही वर्ष यता प्रोष्टेट क्यान्सरबाट ग्रस्त हुनुहुन्थ्यो । थप असजिलो भएपछि आज दिउसो उहाँलाई पुत्र गुप्ताले अष्पताल पु¥याउनु भएको हो ।
    अष्पताल उपचारार्थ उपचारार्थ भर्ना भएको थाहा पाउने बित्तिकै नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमाथापा मगरले पत्रकार वैश्यको स्वास्थ्य अवस्था बारे जानकारी लिनु भयो । सम्वद्ध चिकीत्सक एवं कलेजका निर्देशक डा एम किदवाईसँग आवश्यक परामर्श लिई गम्भिरताका साथ उपचार गर्न आग्रह गर्नु भयो ।

    पत्रकारिता पृष्ठभूमी भएका उप मेयर थापाले अग्रज पत्रकारको स्वास्थ्यस्थिती बारे जानकारी लिनु मानवीय कर्तव्य भएको भन्दै आवश्यक सहयोग गर्ने स्पष्ट पार्नु भयो । पत्रकार वैश्यले उपमेयरको भेटप्रति आफु आभारी रहेको भन्दै खुसी र धन्यवाद प्रकट गर्नु भयो । सोही क्रममा उपमहानगरपालिकाका पे्रस सल्लाहकार एवं पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष शुक्रऋषि चौलागाई, पत्रकार महासंघका अध्यक्ष ठाकुरसिंह थारु, पुर्व अध्यक्ष रुद्र सुवेदी लगाएतले पनि वैश्यको स्वास्थ्य स्थिती बुझ्नु भएको थियो ।

     

     

  • २९ भाद्र २०७४, बिहीबार १६:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित