मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चिकित्सा शिक्षा विधेयक तत्काल पारित गर्नुपर्छ : गगन थापा
  • मार्गरेखा संवाददाता

  • चिकित्सा शिक्षा विधेयक तत्काल पारित गर्नुपर्छ : गगन थापा

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा शिक्षा संशोधन विधेयकलाई तत्काल पारित गर्नुपर्ने बताउनुभएको छ ।
    आज प्रजातान्त्रिक योद्धा, समाजसेवी एवम नेपाली काँग्रेसका पूर्व नेता श्यामबहादुर कार्कीको दशौँं स्मृति दिवसमा बोल्दै थापाले केदारभक्त माथेमा आयोगको प्रतिवेदनको मर्मअनुसार चिकित्सा शिक्षा विधेयक संशोधनलाई आजै टुग््याउने तयारी भइरहेको बताउनुभयो ।
    उहाँले अनशनरत डा गोविन्द केसीको माग पूरा गर्नुपर्नेमा जोड दिँदै विधेयक पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम्ले चासो दिइरहेको बताउनुभयो ।
    कार्यक्रममा उहाँले स्थानीय गणेश प्रावि बालकोटका ५७ जना बालबालिकालाई पोशाक, झोला एवम् स्टेशनरी सामान वितरण गर्नुभएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष कार्की, नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा, सांसद रामेश्वर ढुंगेल, पूर्व सांसद लेखनाथ न्यौपानेलगायतले प्रजातन्त्र स्थापनाका लागि कार्कीले पु¥याएको योगदानको चर्चा गर्नुभयो ।
    सो कार्यक्रममा भएको रक्तदानमा एक सय ५१ जनाले रक्तदान गरेका थिए ।

  • २१ श्रावण २०७४, शनिबार १७:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित