मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

यी बानी जसले तपार्इकाे गरिबी र दुर्भाग्य बढाउछ
  • मार्गरेखा संवाददाता

  • वास्तुशास्त्र अनुसार यस्ता बानीले तपार्इकाे गरिबी र दुर्भाग्य बढाउने गर्छ ।  तपार्इका हातमै अाइसकेकाे धन पनि यि बानिले गर्दा गुमाउनु पर्ने हुन्छ ।

    • घरको दक्षिण दिशामा एक्वेरियम वा पानीसँग सम्बन्धित कुनै मूर्ती वा शो–पिस राख्नुहुँदैन । यसले आम्दानी कम हुन्छ र खर्च बढ्ने गर्दछ ।
    • घर वा पसलको उत्तर–पूर्व दिशामा कहिले पनि फोहोर नराख्नुहोस् । यस्तो गरिए भगवान विष्णु र देवी लक्ष्मी रिसाउने मान्यता छ ।
    • जुन दराजमा महँगा सामान र गर–गहना राख्नुभएको छ, त्यसको पछाडि वा त्यससँग जोडेर कुचो कहिले पनि नराख्नुहोस् । यस्तो गर्दा धनको हानी हुने गर्दछ ।
    • किचनमा औषधी राख्ने बानी वास्तुको हिसाबले निकै गलत मानिन्छ । यस्तो गर्दा मानिसको स्वास्थ्यमा उतार–चढाव रहिरहन्छ ।
    • पूजा घर कहिले पनि बेडरुममा हुनुहुँदैन । यस्तो हुँदा घरमा झगडा, आर्थिक समस्या, विभिन्न प्रकारको समस्याको सामना गर्नुपर्छ ।
    • घरको भित्ता एवं फ्लोरमा बच्चालाई पेन्सिल, चक वा कोइलाले रेखा कोर्न नदिनुहोस् । यसो गरे घरको खर्च र उधारो बढ्ने गर्दछ ।
    • बाथरुम र ट्वाइलेटको ढोका अनावश्यक खुल्ला राख्दा घर–पसलमा लगातार पैसा नोक्सानी भइरहन्छ ।
    • घरमा काँडा भएको, दुध निस्कने र विषालु बोटबिरुवा रोप्नु हुँदैन । यसले धन र स्वास्थ्यको हानी हुन्छ ।
  • २ आश्विन २०७४, सोमबार १०:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित