मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

देश संकटको घडीमा राष्ट्रियता जोगाउन नेपालीहरु एक हुनुको विकल्प छैन पूर्व सेना प्रमुख कटुवाल
  • मार्गरेखा संवाददाता


  • शरद रेग्मी दाङ,असोज २/नेपाली सेनाका पूर्व प्रमुख रुकमाङगत कटवालले वर्तमान अवस्थामा नेपाल संकटको
    घडिमा रहेको बताउनु भएको छ । नागरिक समुह नेपालले आज दाङको
    तुलसीपुरमा आयोजना गरेको मोटिभेसन कार्यक्रममा बोल्दै कटवालले बिभिन्न
    कारणले देश संकटको अवस्थामा पुगेको बताउनु भयो । अथाहा सम्पदा र श्रोत
    भएको नेपाल देशि तथा बिदेशिहरुका कारण संकटमा पुगेको बताउनु भयो । सो
    अवसरमा बोल्दै कटवालले तिनै तत्वहरुले नेपाललाई बिखण्डनको अवस्थामा
    पु¥याएको समेत बताउनु भयो । देशलाई बिखण्डन हुन बाट बचाउने जिम्मा
    युवाहरुको काधमा रहेको भन्दै उहाँले राष्ट्र र राष्ट्रियता वलियो भए मात्रै
    देश शान्त र सम्वृद्ध हुने समेत बताउनु भयो ।

    पछिल्लो समयमा युवाहरुमा राष्ट्र र राष्ट्रियता प्रति चिन्ता तथा चासो हराउदै
    गएको भन्दै उहाँले देश लाई सवैमा माया गर्नु पर्ने बताउनु भयो । सवै
    नेपाली बिभिन्न बहानामा अलग नभई एक ढिक्का हुनु पर्नेमा जोड दिनुभयो ।
    पछिल्लो अवस्थामा युवाहरुमा राष्ट्र र राष्ट्रियता प्रति नकारात्मक सोच उठेकाले
    संस्थाले देश ब्यापि रुपमा राष्ट्रियताको भावना सहित युवाहरुलाई प्रोत्साहित
    गर्न कार्यक्रमको आयोजना गरेको उहाँले बताउनु भयो । युवा देशकै सवै
    भन्दा प्रमुख शक्ति भएको भन्दै युवाले सकारात्मक सोचका साथ योजना वनाएर
    अगाडि वढे जस्तो सुकै काममा समेत सफलता प्राप्त हुने बताउनु भयो ।

    सो कार्यक्रममा दृष्टी विहिन सृष्टि केसीले आफनो जिवन भोगाईका साथै
    नृत्य प्रस्तुत गर्नु भएको थियो । त्यसैगरि रक्षा नेपालका अध्यक्ष मेनुका थापा
    , रविन कटवाल लगाएतकाले प्रशिक्षण मन्तब्य ब्यक्त गर्नु भएको थियो । सो
    अवसरमा जिल्लामा बिभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै ५ जनालाई सम्मान
    गरिएको थियो । सो अवसरमा ब्यवसायीबाट बिरु रावत , समासेविबाट उत्तम कुमार
    श्रेष्ठ , शिक्षा क्षेत्रबाट नोवेल जिएम , स्वास्थ्यमा हरि प्रसाद रिजाल र सोन
    सिमेन्टलाई सम्मान गरिएको थियो ।

  • २ आश्विन २०७४, सोमबार २०:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित