मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मेयर धवल सम्सेर नगरका बिकाश निमार्णमा आइपर्ने समस्या र समाधानका लागी नगरको अनुगमनमा तिब्रता
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज असोज ३ गते– नेपालगञ्ज उपमहानगरपालिका डा मेयर धवल सम्सेर राणाले नगरका बिकाश निमार्णमा आइपर्ने समस्या र समाधानका लागी नगरको अनुगमन गरेका छन । नेपालगञ्ज– २ घरबारी टोलस्थित सडक नालीको ढक्कन ढप्कीए(खसे)पछिको समस्या समाधनका लागि नगर प्रमुख धवल सम्सेर राणले स्थलगत अवलोकन गरिएको छ । नालीमा भएका ढक्कन काम नलाग्ने भएपछि दुर्गन्धित पानी सडकमा आउनुका साथै आवात जावतमा समस्या उत्पन्न भएको थियो । नेपालगञ्ज २ का वडा अध्यक्ष सुनिल सिंह हमालले देवाल सहितको स्ल्याप राखेर सहज आवागमन गराउन खोज्नु भएको थियो तथापी अहिले व्यापार व्यवसायको समयमा सो सम्भव नभएपछि केही समयका लागि ह्यूम पाइप राखेर आवागमन व्यवस्थाको पहल गरिदैछ । यस अघि ह्यूम पाइप राखेर सहज आवागमनको प्रयासमा कठिनाई देखिएपछि मगलबार उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणा, इन्जिनीयर सुरज गप्ता, पे्रस सल्लाहकार शुक्रऋषि चौलागाई, वडा अध्यक्ष हमालसहितको टिमले अवलोकन गरेको थियो । अवलोकन लगत्तै मेयर डा राणाले जेसीपी बोलाएर जम्मा भएको फोहर तत्काल फाल्न, सहज पानी निकास गर्न र ह्यूमपाइप राखेर आवागमन सहज गर्न निर्देशन दिनु भयो । जेसीपीको सहयोग लिएर ह्यूम पाइप राख्ने र सहज आवागमन हुने व्यवस्था मिलाईने उपमहानगरपालिकाका इनिजीनियर गुप्ताले जानकारी दिनु भयो ।

  • ३ आश्विन २०७४, मंगलवार १७:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित