नेपालगञ्ज असोज ३ । एशियाली बिकास बैंकको सहयोगमा नेपालगञ्जमा सञ्चालित एकिकृत शहरी विकास परियोजनाले सदरलाइन विस्तार गर्र्ने अन्तिम तयारी गरिरहेका बेला सडक चौडा (खाली) गर्न÷गराउन केही ढिलाई भएपछि चौतर्फी चासो र चिन्ताको विषय बन्न पुगेको थियो ।
सडक विस्तार (औसत १४ मिटर) गर्न राजी हुँदै केही घरधनीले स्वस्फुर्त घर÷पसल भत्काउन थालीरहेपनि समय लम्वीदै गएपछि उपमहानगरपालिका लागि पनि टाउको दुखाईको विषय बन्न पुगेको थियो ।
मगंलबार नेपालगञ्ज उपमहानगरपालिकाले आधुनिक शहर विस्तार सचेतता अभियान शुरु गरिएको हो । उपमहानगरपालिकाको ३ महिने अल्टीमेटम सकिन लाग्दा मेयर धवल सम्सेर राणाको नेतृत्वमा उपमेयर उमा थापा मगर, बाँके प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, वरिष्ठ प्रहरी उपरिक्षक महेश विक्रम शाह, प्रहरी उपरिक्षक टेक बहादुर तामाङ, नेपालगञ्ज उद्योग वाणीज्य संघका अध्यक्ष नन्दलाल वैश्य, सम्वद्ध वडा अध्यक्ष सहित स्वयं घरधनीको सहभागितामा वृहत भेटघाटसँगै घर भत्काउन अनुरोध गरिएको छ ।
मेयर उपमेयरसहितको टोली पसल तथा घरमै पुगेको देखेर छक्क परेका घरधनीले दशैंं लगत्तै घर भत्काउने प्रतिवद्धता पनि व्यक्त गरे । त्रिवेणीमोड देखि नगरभवनसम्मका सम्पूर्ण घरधनीसँगको भेटपछि आयोजित समारोहलाई सम्वोधन गर्दै मेयर राणाले सडक विस्तार समग्र विकास र व्यवसायको आधार भएकाले सवैको उत्तिकै जिम्मेवारी र दायित्व हुनुपर्ने बताउनु भयो । उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषि चौलगाईले सञ्चालन गरेको समारोहमा उपमेयर उमा थापा प्रमुख जिल्ला अधिकारी रमेश केसी, वरिष्ठ प्रहरी उपरिक्षक महेश बिक्रम शाह, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायतले सडक विस्तार अभियानमा पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।