मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

इतिहास रच्“दै नगर विकास समिति कोहलपुर
  • मार्गरेखा संवाददाता

  • इतिहास रच्“दै नगर विकास समिति कोहलपुर

    नगर विकास समिति कोहलपुरको इतिहासमा विकास बजेट बिनियोजन गर्ने सवालमा हालका अध्यक्ष अवराज खड्काले बाजी मारेका छन् ।
    केही महिना अगाडी मात्र नगर विकास समिति कोहलपुरको अध्यक्षको जिम्मेवारी सम्हालेका खड्का अध्यक्ष रहेको बोर्डले ३० करोड ४० लाख ८ हजार रुपैयाँ बराबरको विकास बजेट बिनियोजन गर्ने निर्णय गरेको छ । बुधवार बसेको बोर्डको वैठकले नगर विकास समितिको खातामा रहेको बजेटले नगर विकास क्षेत्रभित्र अझै धेरै विकासका योजनाहरुले पर्खिरहेको हुनाले आवश्यकता महशुस गरेर ३० करोड बढि बजेट निनियोजन गरेको समितिका अध्यक्ष खड्काले बताए ।
    अध्यक्ष खड्काका अनुसार आ.ब. २०७४÷०७५ मा बिनियोजन हुने गरिकोहलपुर बसपार्क कालोपत्रेका लागि ५
    करोड ५० लाख, डुडुवा तटबन्धनका लागि ४ करोड र राष्ट्र बैंकले खरिद गरेको जमिनमा लामो समयदेखि विवाद कायम रहेको शिव मन्दिर स्थातान्तरणका लागि क्रमागततर्फ ८० लाख रुपैयाँ बुधवारको वैठकले नियोजन गर्ने निर्णय गरेको छ ।
    नगर विकास समितिको क्षेत्राधिकार भित्र विद्युत विस्तारको समस्या समाधानको लागि २ करोड ५० लाख रुपैयाँ नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय कोहलपुरको खातामा जम्मा गर्ने निर्णय समेत बुधवारको वैठकले गरेको अध्यक्ष खड्काले जनाएका छन् । अब लगत्तै नगर विकास समितिको क्षेत्र भित्र विद्युतीकरण हुन बाँकी ठाउँमा तत्काल विद्युत विस्तार हुने खड्काको भनाई छ ।
    साथै केही दिनमा नगर विकास समिति कोहलपुरले १२ वटा घडेरी विक्रीका लागि केही दिनमै टेण्डर प्रक्रिया अगाडी बढाउने निर्णय नगर विकास समिति कोहलपुर
    ले बुधवारको बोर्ड बैठकले गरेको छ । यसका अलावा आवश्यकता अनुसार सडक ग्राभेल, कालोपत्रे तथा भवन मर्मत पनि तत्काल गर्ने निर्णय भएको अध्यक्ष खड्काले मार्गरेखालाई जानकारी दिएका छन् ।
    विकास बजेट बिनियोजन लाई अघिको बोर्डहरुले बढिमा ८ देखि १२ करोडसम्म विकास बजेट विनियोजन गर्ने गरेको इतिहासलाई इतिहासमै सिमित राख्दै खड्का अध्यक्ष रहेको बोर्डले ३० करोड बढि विकास बजेट बिनियोजन गरेर नयाँ इतिहास कायम गरेको छ ।
    समितिको अध्यक्षको जिम्मेवारी सम्हालेयता विवादित बन्दै रोकिएका विकाससाग सम्बन्धित महत्वपूर्ण मुद्दाहरुले पूर्णता पाएका छन् । लामो समयदेखि राष्ट्र बैंकले खरिद गरेको जग्गाको सडक क्षेत्रभित्र पर्ने शिव मन्दिर व्यवस्थापनको विवाद टुंंगिएको छ । मन्दिर व्यवस्थापनका लागि हाल मन्दिर रहेको ठाउँभन्दा केही पर ६ कठ्ठा जमिनमा मन्दिर स्थानान्तरण गर्ने निर्णयलाई खड्काले कार्यान्वयन गरेका छन् । यसका अलावा उनी अध्यक्ष भएपछि कोहलपुरमा सिटि हल निर्माण हुने पनि पक्का भएको छ ।

  • ५ आश्विन २०७४, बिहीबार १३:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित