नेपालगञ्ज असोज ५ । नेपालगञ्ज नगरलाई स्वच्छ, सफा सुन्दर बनाउनका लागी नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज नगरमा बृहत्त सरसफाई अभियान संचालन गर्ने भएको छ ।
असोज ६ गते देखि सुरु गरिने सरसफाई अभियानको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिका मेयर डा धवल सम्सेर राणाले उद्घाटन गरि पहिलो चरणमा नेपालगञ्ज नगरपालिका प्रमुख चौकहरुमा सरसफाई अभियान संचाल हुने र दोस्रो चरणमा नेपालगञ्ज उपमहानगरपालिका प्रत्येक वडामा २३ दिन संचालन गरिने नेपालगञ्ज उपमहानगर पालिकाका उपमेयर उमा थापाले जनाए । सरसफाई अभियानमा नगरका समपुर्ण आम नागरिकहरु,राजनैतिक दलका नेता, कार्यक्रता,राष्टसेवक कर्मचारीहरु सेना नेपाल प्रहरी,सस्रत्र प्रहरी, समाजसेवी,बुद्धिजिबीहरुको सभागिता गराई नेपालगञ्ज नगरलाई स्वच्छ, सफा सुन्दर शहरको पहिचान गराउनका लागी सरसफाई अभियान संचालन गर्न लागेको उपमेयर उमा थापाले जनाए ।