नागढुंगाबाट २८ वटा मृत खसीबोका बरामद गरिएको छ । पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वमा अनुगमनमा खटिएको टोलीले काठमाडौँ भित्र्याईदै गरेका मृत खसीबोका बरामद गरेको हो ।
आज नाकाहरुमा पशुपन्छीको आयातको अवस्था अध्ययन गर्न निस्किएका मन्त्री थारु नेतृत्वको टोलीले नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रु बसको डिक्कीबाट मरेका खसीबोका बरामद गरेको प्रहरीले जनाएको छ ।
दशैंमा काठमाडौंमा खसीबोकाको माग उच्च भएका बेला मरेका खसी बरामद भएको हो । यसरी मेरका खसीलाई मासुपसलहरुमा बेच्ने गरिएको आशंका गरिएको छ ।
यसअघि पनि नागढुंगाबाट पटक-पटक यस्ता मरेका खसी बरामद हुने गरेका छन् ।