मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चाडपर्वमा उपभोक्ता ठग्ने व्यवसायीलाई कारवाही हुन्छ ÷तुलसीपुर वाणिज्य संघ
  • मार्गरेखा संवाददाता

  • शरद रेग्मी
    असोज ६ तुलसीपुर / चाडपर्वमा कुनै पनि वस्तुको कृतिम अभाव श्रृजना नगर्न तुलसीपुर उद्योग वाणिज्य संघले आम व्यवसायीहरुलाई आग्रह गरेको छ । संघले चाडपर्वका नाममा उपभोक्ताहरुलाई चर्को मूल्यमा मालसामान विक्री वितरण गर्ने तथा कुनै पनि अखाद्दे वस्तुहरु विक्री गर्ने व्यवसायीलाई तत्काल कारवाही गर्ने जनाएको छ । संघको आज शुक्रवार वसेको बैठकमा वोल्दै संघका अध्यक्ष विर वहादुर रावतले चाडपर्वलाई व्यवसायीले अवसरका रुपमा नभएर सेवा र सर्वसुलभ तरिकाले वजारमा दैनिक उपभोग्य वस्तु विक्री वितरण गर्नु पर्ने वताउनु भएको छ ।
    अध्यक्ष रावतले चाडपर्वमा दैनिक उपभोग्य वस्तुको सही मुल्य कायम गरी म्याद सकिएका वस्तुहरु तत्काल पसलवाट हटाउन समेत अनुरोध गर्नु भएको छ । वाणिज्य संघले खाद्य , फलफूल , तरकारी, मासु र अन्य उपभोग्य सामाग्रीहरुको विक्रिीका वारेमा विभिन्न माध्यमवाट अनुगमन भैरहेको समेत प्रष्ट पार्नु भयो । बैठकमा वोल्ने वक्ताहरुले तुलसीपुरलाई सफा सु्न्दर र चहलपहल हुने स्थानहरुमा विशेष सुरक्षा निगरानी वढाउने समेत सुझाव दिएका छन् ।
    कार्यक्रममा निवर्तमान अध्यक्ष विमल रिजाल , पूर्व अध्यक्ष राम वहादुर देवकोटा, सल्लाहकारहरु सुरेश हमाल, नारायण खनाल, प्रेस सल्लाहकार शरद रेग्मी, संघका वरिष्ठ सदस्य यज्ञ वहादुर के.सी., नेपाल उद्योग वाणिज्य महासंघ निर्यात प्रर्वद्धन समितिका सदस्य जनक वहादुर रावत ,व्यापार समितिका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ लगायतले वडादशैको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संघका सल्लाहकार सुरेश हमाल हालै पोखरामा सम्पन्न नेपाल प्रजातान्त्रीक यातायात संघको सचिवमा निर्वाचित हुनु भएकोमा संघले सम्मान एव. वधाई ज्ञापन गरेको थियो ।
    सो अवसरमा स्वागत महिला सदस्य यम कुमारी घिमिरे र धन्यवाद ज्ञापन संघका उपाध्यक्ष ललितजंग शाहले गर्नु भएको थियो भने संचालन महासचिव रुप वहादुर खत्रीले गर्नु भएको थियो ।
    यसै विच शनिवार विहान वाणिज्य संघले मासु , फलफूल, किराना र तरकारी व्यवसायीहरु संग छलफल कार्यक्रम गर्न लागेको संघका सचिव विनिल के.सी.ले जानकारी दिनु भयो ।
    यता किराना व्यवसायी उपसमितिले तुलसीपुर क्षेत्रमा घुमन्ते व्यापारी र फुटपाथमा व्यापार व्यवसाय नगर्न अनुरोध गरेको छ । समिति का संयोजक वसन्त कुमार खडुगीको अध्यक्षता सम्पन्न बैठकले जथाभावि ठेलागाढा मा सामान राखेर व्यापार व्यवसाय गरेको पाइएमा कानून अनुसार कारवाहीका लागि सिफारिस गर्ने निर्णय समेत गरेको छ । त्यसै गरी बैठकले सम्वन्धीत डिलरवालाले मात्रै आफ्नो सामान विक्री वितरण गर्न अनुरोध गरेको छ ।बैठकले व्यवसायी राम प्रसाद भण्डारीको संयोजकत्वमा ११ सदस्यीय उपसमिति समेत गठन गरेको छ ।

  • ६ आश्विन २०७४, शुक्रबार १७:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित