मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

साहित्यकार सनत रेग्मी र ओलम्पियन सुरेन्द्र हमालको जन्मदिन केक सेलिब्रेसन नेपालगञ्जमा
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज असोज ६ । नेपालगञ्जका चर्चित व्यक्तित्व बरिष्ठ साहित्यकार सनत रेग्मी र ओलम्पियन सुरेन्द्र हमालको जन्मदिन केक सेलिब्रेसन कार्यक्रम शुक्रबार नेपालगञ्जमा गरिएको छ ।


    क्रियटिभ बुक्स नेपालगञ्ज द्धारा आयोजित कार्यक्रम चर्चित व्यक्तित्व बरिष्ठ साहित्यकार सनत रेग्मी र ओलम्पियन सुरेन्द्र हमालले सयुक्त रुपमा केक काटी जन्मदिन सेलिब्रेसन मनाईएको थियो । 
    सो सेलिब्रेसनमा नेपालगञ्ज उपमहानगरपालिका उपमेयर उमा थापा नेकपा एमाले बाँके अध्यक्ष अशोक कोईराला,मध्यपश्चिम खेलकुद बिकाश समितीका अध्यक्ष भिम ओली,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सैजुवाल, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रियसदस्यहरु प्रेम के सी,जनक नेपाल झलक गैरे,पत्रकार कृष्णा अधिकारी,बिमल चन्द,साहित्यकार भोजराज शर्मा लगायतले नेपालगञ्जका चर्चित व्यक्तित्व साहित्यकार सनत रेग्मी र ओलम्पियन सुरेन्द्र हमालको व्यक्तित्व चर्चा गदै जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।

    क्रियटिभ बुक्स नेपालगञ्ज टिएस ठकुरीले कार्यक्रम जन्मदिन केक सेलिब्रेसन महत्व बारे प्रकाश पारेका थिए । क्रियटिभ बुक्सले बिगत १ बर्षदेखि नेपालगञ्ज क्षेत्रमा रहेका पत्रकार र चर्चित व्यक्तित्वहरुको केक काटी जन्मदिन सेलिब्रेसन र नेपालगञ्जको बिकाश र पहिचना गराउने कार्यक्रम गदै आईरहेको छ ।

     

  • ६ आश्विन २०७४, शुक्रबार २२:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित