नेपालगञ्ज असोज ७ । गत श्रावण महिनामा आएको बाढीबाट राप्ती सोनारी गाउपालिकाको लालपुरमा घर भत्केर एकै परिवार ३ जना छोरीले ज्यान गुमाएका बाबुलाई २६ हजार रुपैया शनिबार नेपाल पत्रकार महासंघ बाकेको कार्यालयमा हस्तान्तर गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वार्ड न १८ निवासी अष्ट्रेलियामा अध्यनरत बिद्यार्थी सन्जु के सीले पठाएको २६ हजार रुपैया सन्जु के सीका बाबु पुर्व प्रहरी नायव उपरिक्षक गोपाल के सी र नेपाल पत्रकार महासंघ बाकेका अध्यक्ष ठाकुरसिह थारुले सयुक्त रुपमा नगद पिडित कामीलाल थारुलाई हस्तान्त गरेका थिए ।
हस्तान्तर कार्याक्रममा पिडित थारुले बिभिन्न सहयोगी मन भएका हातहरुले सहयोग गरेको आर्थिकले ३ वटै छोरीहरुको काजक्रिया गरेको त्यहि सहयोगले दशै आईसकेकोले सामान्य बासका लागी घर बनाएको घर बनाउनका लागी सरकारले सहयोग गर्ने भनेको सुनेको तर सहयोग नपाएको गुनासो गरे ।
हस्तान्तर गरिएको सहयोग नेपालगञ्जका पत्रकार कृष्ण अधिकारीले सयोजन गरेको हुन ।