मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेस र एमालेको अस्तित्व समाप्त भईरहेको बेला माओबादीले काँग्रेस र एमालेको रक्षा गदै नेपालमा गणतन्त्र स्थापना गरेको प्रचण्ड
  • मार्गरेखा संवाददाता

  • कोहलपुर बाँके असोज ८ । नेपाल कम्युन्टि पार्टी माओबादी केन्द्रका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस र एमालेको अस्तित्व समाप्त भईरहेको बेला माओबादीले काँग्रेस र एमालेको रक्षा गदै नेपालमा गणतन्त्र ल्याएको बताए छन ।
    नेपाल कम्युन्टि पार्टी(माओबादी केन्द्र) बाँकेले बाँकेको कोहलपुरमा आयोजित ध्रुवीकरण तथा पार्टी प्रबेश कार्यक्रममा बताएका हुन । नेपाल कम्युन्टि पार्टी(माओबादी केन्द्र) लाई छोडी बिभिन्न दलमा गएका नेता कार्यक्रताहरुलाई प्रबेश गराउदै अध्यक्ष प्रचण्डले देश भरी ध्रुबीकरण तथा पार्टी प्रबेशको लहर चलिरहेको हुनाले किरण,बाबुराम र बिप्लपहरु माओबादी केन्द्रमा प्रबेश नगरे उनीरुको अस्तित्व समाप्त भएर जाने बताउदै नेपालका सम्पुर्ण माओबादीहरुको एकता भएमात्र जनताले पाएको सिहदरबारको अधिकार जनताको घरदैलोमा प्रबेश गर्ने बताए ।
    अध्यक्ष प्रचण्डले ८ देखि १० बर्ष पछि माओबादी केन्द्रले मुलुकमा समाजबादी क्रान्ती गरेर नेपालमा रहेका जनजाती,मदेशी दलित र उत्पडित समुदायको अधिकार माओबादी पार्टीले मात्र दिनसक्ने बताउदै माओबादीले नेपालमा रहेको एकात्मक सत्ता,राजतन्त्र,निरुकुश शासन र धर्मनिरपेक्ष माओबादी पार्टीले नेपालमा स्थापना गरेको बताए । नेपाल कम्युन्टि पार्टी माओबादी केन्द्रका ५ नम्बर प्रदेश इन्चार्ज बर्षमान पुनले दलित, जनजाति,आदीबासी,मधेशी समुदायको अधिकारको स्थापना गरि समबुद्धि नेपाल बनाउने अभियानमा लागेको माओबादी केन्द्रले चालेको ध्रुबीकरण पार्टी प्रबेश अभियान सफल पार्न नेपालमा रहेका क्रान्तीकारी कम्युष्टि पार्टी दायित्व रहेको बताए । ध्रुवीकरण तथा पार्टी प्रबेश कार्यक्रममा पुर्बमाओबादी डिभिजन सहायक कमाण्डर नेकपा बिप्लव समुहका नेता अशोक रोकाय ,नयाँ शक्ति नेपालका नेतन गणेश चौधरी लगायत बिभिन्न राजनैतिक दल परित्याग गरेका आएका नेता कार्यक्रताहरुलाई नेपाल कम्युन्टि पार्टी माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकार माला लगाएर स्वागत तथा प्रबेश गराएका थिए ।

     

  • ८ आश्विन २०७४, आईतवार ११:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित