मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ड्रोन क्यामराबाट बिरेन्द्रनगरपालिकाले पर्यटकिय र बिकाशका गुरुयोजना संचालन गदै
  • मार्गरेखा संवाददाता

  • सुर्खेत, असोज । सुर्खेतको वीरेन्द्रनगर नगरपालीकाले ड्रोन क्यामराबाट वीरेन्द्रनगरका १६ वटै वडाको सम्पुर्ण जानकारी लिइने भएको छ ।सोमबार एक कार्यक्रमको आयोजना गरेर नगर प्रमख देवकुमार सुबेदीले क्यामराको परिक्षण उडान उद्घाटन गरेका थिए ।
    नेपाल सरकारको गृहमन्त्रालय तथा सम्पुर्ण सुरक्षा निकाय संग सम्बन्धन लिएर
    ड्रोनको प्रयोग गरिएको वीरेन्द्रनगर नगरपालीका मेयर देव कुमार सुबेदीले जनाएका छन । नेपालमै पहिलो पटक नगरपालिकामा प्रयोग गरिएको ड्रोन क्यामराबाट वीरेन्द्रनगरका १६ वटै वडाको सम्पुर्ण जानकारी लिइने कार्य गरिने जनाउदै वीरेन्द्रनगर नगरापलीकाका प्रमुख देवकुमार सुबेदीले यस अघि सबै ठाँउको काम नक्साबाट हुँदै आएको भन्दै अवदेखी यो प्रविधिले सबै ठाउँको अवलोकन गर्न सहज हुनेजनाए ।
    उनले यसले वीरेन्द्रनगरको पर्यटकिय क्षेत्रको विकास हुने भन्दै सडक मर्मत तथा गुरुयोजनाका काम गर्न सहज हुने बताए । वीरेन्द्रनगरपालीकाको १ लाख ५० हजारको सहयोगमा वीरेन्द्रनगर १२ सुर्खेतका ब्याक पेपर टेक्नोलोजीका प्रमख सन्तोष सुबेदीले भिडियो निर्माण गर्ने भएका छन् ।

  • १० आश्विन २०७४, मंगलवार १३:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित