मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बालबालिकाको सवाल र अधिकार प्रतिको सोचाईमा परिवर्तन ल्याउन आवश्यक मेयर डा धवल शमशेर राणा
  • मार्गरेखा संवाददाता

  • असोज १ १ गते– नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा। धवल शमशेर राणाले बालबालिकाको सवाल र अधिकार प्रतिको सोचाईमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउनु भएको छ ।
    बालमैत्री सहर हामी सबैको रहर भन्ने नाराका साथ नेपालगन्ज उपमहानगरपालिका स्तरि बालक्लब सञ्जालले बिजयदशमी, तिहार, मोर्हरम र छठ पर्वका अवसरमा मङ्गलबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
    मेयर डा। राणाले बालबालिकालाई सोच्ने र बुझ्ने तरिकामा परिवर्तन नल्याइदासम्म समाज परिवर्तनमा अनेक खाले समस्या आइरहने समेत बताउनु भयो ।
    नेपालगन्जलाई बालमैत्री सहरका रुपमा रुपान्तरण गर्ने कार्यलाई गम्भीरताका साथ लिएको विशवास दिलाउँदै बालमैत्री बातावरणका लागि बालबालिकाको सहभागितामा सर्वपक्षिय बैठक बसी योजना बनाएर लाग्ने समेत प्रतिवद्धता व्यक्त गर्नु भयो । राणाले नगरमा बालबालिकाका लागि विभिन्न स्थानमा बालउद्यान, पार्क बनाउने तयारी भइरहेको जनाउँदै ती सवै बालमैत्री बन्ने पनि दावी गर्नु भयो । अधिकांस मानीसको मनस्थिती बिग्रेकै कारण समाज परिर्वतनमा पनि समस्या रहेकोले मनस्थिती बदल्न जरुरी रहेको उहाँको भनाई थियो ।
    नागरिक आफनो जिम्मेवारी र दायित्वबाट बञ्चित भइरहेको अवस्थामा चाहेर पनि समाजलाई बदल्न नसकिने मेयर डा।राणाको तर्क थियो ।
    नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक विकास शाखा अधिकृत कृष्णप्रसाद जोशीले बालबालिकाद्वारा बालबालिकाका लागि चालिएका कामले समाजमा सकारात्मक प्रभाव पारिरहेकाले दीगो विकास र निकासाका लागि बालबालिकामा लगानी बढाउनुपर्ने बताउनु भयो । उहाँले नगरमा बालबालिका सम्बन्धी काम गर्ने संघसस्थाहरुलाई एकिकृत गरि एकद्वार प्रणालीमा ल्याउने प्रयास गरिरहेको स्पष्ट पार्नु भयो । सन् २०१७ सम्म नगरलाई बालमैत्री बनाउन उपमहानगरपालिकाले अभियान सञ्चालन गरिसकेकोले अधिकांश सूचक पुरा भइसकेको पनि जोशीले जनाउनु भयो ।
    जिल्ला बालक्लब सञ्जाल बाँकेका संस्थापक सल्लाहकार तथा उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषी चौलागाईले नगरमा हुने कुनैपनि कार्यमा बालबालिकाको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गरिनुपर्नेमा जोड दिनु भयो । बालबालिकासँगको सहकार्यमा नगरलाई बालमैत्री नगरमा रुपान्तरण गर्न सकिने बताउदै पत्रकार चौलागाईले बालमैत्री अवधारणा अवलम्बन गर्न बाँकी रहेका सूचकहरु पुरा गर्न बालमैत्री अभियान सञ्चालन गरिनुपर्ने आवश्यक्ता औल्याउनु भयो । नेपालगन्ज उपमहानगरपालिकाको सभाकक्षमा भएको शुभकामना आदानप्रदानलाई सम्बोधन गर्दै समग्र बालक्लबहरुको छाता संगठन जिल्ला बालक्लब सञ्जाल बाँकेकी अध्यक्ष श्वेता गुरुङ्गले बालबालिकाप्रतिको सोच परिर्वतन गरि अर्थपूर्ण बालसभागितालाई सुनिश्चित गर्नुपर्ने बताउनु भयो । बालबालिकाका धेरै सवाल र मुद्दाहरु ज्यूँका त्यूँ छन्, बालबालिकामा काम गर्ने संघसंस्थालाई नियमन गरिनुपर्ने सुझाव दिनु भयो । उपमहानगरपालिका स्तरिय बालक्लब सञ्जालकी अध्यक्ष अन्जना चर्तुवेदीको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नगर बाल सञ्जालका पुर्व अधयक्ष साहिल अन्सारी, जिल्ला बालक्लब सञ्जालका संस्थापक सदस्य विजय मल्ल, पूर्व अध्यक्ष सुरेन्द्र चलाउने लगायतको उपस्थितीमा कार्यक्रम गरिएको थियो ।

     

  • ११ आश्विन २०७४, बुधबार १०:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित