मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भारतबाट नेपाल ल्याउन लागिएको २३३ थान तरवार बरामद
  • मार्गरेखा संवाददाता

  •  

    १२ असोज, काठमाडौं । भारतको अजमेरबाट रुपैडिया नाका हुँदै बाँकेको नेपालगञ्ज भित्र्याउन लागिएको २३३ थान तरवार भारतीय सुरक्षाकर्मीले बरामद गरेका छन् ।

    मंगलबार र बुधबार दुर्इ दिनको अवधिमा यति धेरै परिमाणमा तरवार बरामद भएको हो । भारतीय संचारमाध्यमका अनुसार अजमेरबाट नेपाल आउँदै गरेको बसमा जाँच गर्दा मंगलबार ८१ थान तरवार फेला परेका थिए । बुधबार पनि अजमेरबाटै नेपालतर्फ आउँदै गरेको बसबाट एक सय ५२ थार तरवार बरामद भएको छ ।
    तरवार कसले र किन नेपाल ल्याउन लागेको हो भन्ने नखुलेको भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।
    पर्यटक बसमा ती तरवार ओसारिएको बताइएको छ । विभिन्न बसमा गरिएको तलासीका क्रममा तरवार बरामद भएको भारतीय सुरक्षाकर्मीको भनाइ छ । अनलाइन खबरबाट

     

  • १२ आश्विन २०७४, बिहीबार ११:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित