कोहलपुर असोज १३ । नेपाली काँग्रेस क्षेत्र न.१ बाँकेले आगामी मंसिरमा हुने प्रदेश र केन्द्रिय सभाका लागी बाँकेको निर्बाचन क्षेत्र न. १ लागी शुक्रबार बसेको बैठकले उम्मेदार छनौट गरि नेपाली काँग्रेस बाँकेलाई सिफारीस गरेको छ ।
केन्द्रिय सभा प्रत्यक्ष तर्फ को को सिफारीस
बैठकले बाँके निर्बाचन क्षेत्र न.१ का लागी प्रत्यक्ष तर्फ केन्द्रिय सभाकालागी माधबराम खत्री,हुर्मत न्यौपाने,नारायण प्रसाद सिग्देल,ज्ञानु के सी,पोषण के सी लाई सिफारीस गरेको छ ।माधवराम खत्री नेपाली काँग्रेस बाँके क्षेत्र न.१का अध्यक्ष हुन , हुर्मत न्यौपाने नेपाल तरुण दलका पुर्व केन्द्रिय उपाध्यक्ष एवम महासचिव हुनज्ञानु के सी बाँके निर्वाचन क्षेत्र १ का पुर्व सासद हुननारायण प्रसाद सिग्देल २०७० सालको संबिधान सभाका प्रत्यक्ष तर्फका उमेदार रहेका थिएभने ,पोषण के.सी नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय महासचिव हुन । केन्द्रिय सभाको समानुपातिक तर्फ रामलौटन यादव,गौरा भट्टराई,राम गोपाल यादव,यम बहादुर खडका लाई सिफारीस गरेको छ ।
प्रदेश सभामा (क) प्रत्यक्ष तर्फ को को सिफारीस
प्रदेश सभा (क) तप्त पौडेल,राम चन्द्र मौर्य,कृष्णा पौडेल,राम कुमार राड,तुल्सीराम थारु को सिफारीस गर्ने निणर्य गरिएको छ । तप्त पौडेल नेपाली काँग्रेस बाँकेका सचिव हुन ,राम चन्द्र मौय यस अघि रहेको नेपाली काँग्रेस बाँके निर्बाचन २ का सभापति रहेका थिए,कृष्ण पौडेल नेपाली काँग्रेस बाँके निर्बाचन १ का पुर्वसभापति हुन,राम कुमार राड नेपाली काँग्रेस बाँकेका सहसचिव हुन भने तुल्सीराम थारु सो क्षेत्रका नेपाली काँग्रेसका नेता हुन यसैगरि समानुपातिक तर्फ इशाक जोलाह,संगिता थारु,डिल्ली गिरी,लक्ष्मण थारु,हरिशंकर पान्डे,कुमार डागी, शरद चन्द्र बर्मा,डिल्ली बहादुर रावत, मलाहा आर्य धाबी,लाई सिफारीस गर्ने निणर्य गरेको छ ।
प्रदेश सभामा (ख) प्रत्यक्ष तर्फ को को सिफारीस
प्रदेश सभा (ख) क्षेत्रमा बलराम शर्मा,नारायण प्रसाद गौडेल,कृष्ण कार्की र चिन्तामणि धिताललार्ई सिफरिस गर्ने निणर्य गरेको छ । बलराम शर्मा नेपाली काँग्रेस कोहलपुर नगर सभापति हुन,नारायण प्रसाद गौडेल नेपाली काँग्रेस बाँकेका जिल्ला सदस्य हुन,कृष्ण कार्की नेपाल बिधार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस ईकाई समितीका पुर्व अध्यक्ष हुन,चिन्तामणि धिताल नेपाली काँग्रेस बाँकेका जिल्ला सदस्य हुन भने समानुपातिक तर्फ भानुभक्त भट्टराई,राजेन्द्र श्रेष्ठ,मिना सिग्देल,बालकराम यादव,लिलमान परियार,ऋषी सापकोटा,जोशी कुमारी थापा,युवराज पौडेल,सतिदेबी ढकाल,श्रीधर उपाध्याय,पंचराम थारु,नारायणी घिमिरे,केश कुमारी वली,चुडामणी कडेल,लुट बहादुर के सी,भवानी कुमार थापा लाई सिफारीस गर्ने नियर्ण गरीएको कुरा नेपाली काँग्रेस क्षेत्र न.१ बाँकेका सचिव डिल्ली गिरीले जनाए छन ।