मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुहागरात के हो र के होइन र
  • मार्गरेखा संवाददाता

  • धेरैजसो युवालाई सुहागरातका बारेमा थाहा हुँदैन । सुहागरातमा केटा पक्षले गर्ने जबरजस्तीका कारण केटी पक्षले सधैँ आशंका र त्रसित हुनुपर्ने अवस्था पनि आउन सक्छ । त्यस्तै त्यस रोमान्टिक क्षणलाई सम्झनायोग्य बनाउन नसक्दा धेरैका लागि सुहागरात अर्थहीन रात बन्न पुगेको छ । अघिल्लो अंकमा हामीले सुहागरातलाई स्मरणीय बनाउन केटाले खेल्न सक्ने भूमिकाका बारेमा चर्चा गर्यौँ ।

    सुहागरातमा प्रतिरोधका तीन कारण छन् । एउटा त प्रतिरोधबिनाको स्वीकृतिमा रोमान्स हुँदैन । प्रतिरोध जति सशक्त भयो रोमान्सको उचाइ पनि त्यति नै बढ्छ र अन्त्यमा प्राप्त हुने स्वीकृतिको सुन्दरता पनि त्यति नै बढ्छ । दोस्रो कारण, नारीको स्वाभाविक लज्जाबोध हो । कुमारी बेहुलीको प्रतिरोधको यसभन्दा पनि महत्वपूर्ण कारण प्रस्ताव राख्नेको जोखिम व्यवस्थापन क्षमतामाथि केही आशंका र आफ्नो अप्ठ्यारोमा सुरक्षाको माग हो । यो प्रतिरोध भित्रबाट पैदा हुन्छ र यसमा पुरुषले नारीलाई विश्वस्त पार्न सक्नुपर्छ ।
    नारीहरूले सुहागरातका अघिल्ला दुई चरणमा पुरुषको धैर्य, अर्काको संवेदनशीलता प्रतिको उसको प्रतिक्रिया र उसको स्वार्थको सीमालाई विभिन्न कसीमा विभिन्न कोणबाट अध्ययन गर्ने कोसिस गर्छन् । विश्वासको वातावरण त्यसै पैदा हुँदैन । धेरै आग्रही र धेरै आतुर पुरुषलाई नारीले कम विश्वास गर्छन् । त्यसकारण सुहागरातको समयमा पुरुषले जति धैर्य धारण गर्नसक्यो फाइदा पुरुषलाई नै छ । तातो तावामा रोटी छिटो पनि पाक्छ र अपच हुने डर पनि हुँदैन । यो बेग्लै कुरो हो– तावा तात्न समय लाग्छ । तर, रोटी खाएर स्वस्थ रहन चाहनेका लागि त्यो आवश्यक पूर्वाधार हो ।
    कुमारी झिल्ली वा सतीच्छद फाट्ताको पीडा, योनिबाट हुनसक्ने रक्तस्राव, यौनातुर पुरुषका अंगहरूको कठोरताका कुराहरू कुमारी स्त्रीलाई तर्साउन यथेष्ट छन् तर त्यसभन्दा पनि महत्वपूर्ण कुरा त आफूलाई अप्ठ्यारो परिहाले आफूसँगैको मान्छेले त्यसलाई कसरी लिन्छ भन्ने हो ।
    नारीहरूको यस प्रतिरोधका मुख्य कारणहरूमा संगिनीसँग हुने यौन चर्चा र यौन साहित्यहरूको अध्ययनका साथै सृष्टिले पुरुषलाई दिएको शारीरिक बल र पुरुषमा हुने तुलनात्मक कठोरताप्रति नारीको विकर्षण पनि हो । यो अर्कै कुरा हो– अन्तरमनमा यही कठोरता स्त्रीको पुरुषप्रतिको आकर्षणको रहस्यमध्ये एउटा तत्व पनि हुन सक्छ । उसले यसको व्यवस्थापन कति सहानुभूतिपूर्वक गर्छ रु अप्ठ्यारो स्थितिमा उसले आफ्नो मात्रै आनन्द हेर्छ कि आफूमाथि पर्नेको सजिलोलाई पनि प्राथमिकता दिन्छ रु यसबेला नारीको मनःस्थिति पर्ने प्रभाव जीवनभरि रहन्छ । पुरुषले नारीलाई यसबेला आश्वस्त पार्न सकेन भने मनमा गहिरो घाउ लाग्न सक्छ । शरीरको घाउ त मामुली होला वा सजिलै निको होला तर मनमा यसबेला बसेको अविश्वासको घाउ जीवनभरि निको नहुन सक्छ ।
    आउँदो दाम्पत्य जीवनको लामो बाटामा सँगै हिँड्ने साथीको विश्वास जितेर सजिलो बनाउने कि अहिलेका क्षणिक आनन्दलाई महत्व दिएर भविष्यमा अविश्वासको गह्रौँ भारी बोकेर हिँडिरहनुपर्ने जोखिम मोल्ने रु नारीको विश्वास काँचको भाँडाजस्तो हुन्छ, फुटेपछि फेरि जोडिँदैन । पहिलो रात वा पतिका त्यसपछिका व्यवहारहरूका आधारमा मूल्यांकन गरेर पतिलाई स्वार्थी र बलात्कारीसम्म भन्ने पत्नीहरूको पतिसँगको समस्याको मनोवैज्ञानिक व्यवस्थापन गरेको र गर्दै रहेको चिकित्सकीय अनुभव मसँग थुप्रै छन् । सुहागरात दाम्पत्य जीवनको प्रवेशद्वार हो । स्त्रीपुरुष दुवैले यही समयदेखि नै एकअर्काको मनोविज्ञान र सजिलो अप्ठ्यारोप्रति सकारात्मक चासो राख्न सुरु गर्नुपर्छ । सुहागरातमा आफ्नो सोचाइअनुरूप यौन सम्बन्ध स्थापित हुन नसक्दा चरित्रमै अविश्वास उत्पन्न भएर दाम्पत्य जीवन दुर्घटनाग्रस्त भएको पनि मैले आफ्नो चिकित्सा पेसाको अन

  • २२ आश्विन २०७४, आईतवार ११:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित