वाम गठबन्धनको घोषणासँगै नेपाली राजनितीमा नयाँ तरङ्ग सिर्जना भएको थियो । तर छाेटाे समयमा नै गठबन्धनमा विवाद देखिन थालेकाे छ ।
गठबन्धनको घोषणासँगै नेकपा एमालेको सूर्य चुनाव चिन्हमा निर्वाचन लड्ने सहमती गरेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले अन्तत आफ्नै पार्टीको चुनाव चिन्हमा चुनाव लड्ने घोषणा गरेका छन् ।
चुनावी टिकट बाँडफाँडमा आफ्नो पार्टीको अपमान गरिएको भन्दै नयाँ शक्तिले सूर्य चिन्हको सट्टा आफ्नै चिन्हबाट चुनाव लडने तयारी थालेको छ यद्यपी अहिलेसम्म नयाँ शक्तिले गठबन्धनबाट बाहिरने निर्णय भने गरेको छैन । यसबारे र्विाचन आयोगसँग छलफल भइरहेको नयाँ शक्तिका एक केन्द्रीय नेताले बताए साथै वैठकले डा।भट्टराई गोरखा २ बाट नै चुनावमा उत्रने निर्णय पनि गरेको छ ।
यसअघि बाबुराम उठ्ने भनिएको गोरखा क्षेत्र नं २ लगायत क्षेत्र नं १ पनि माओबादी प्रभावशाली नेता नारायणकाजी श्रेष्ठलाई दिईने भन्ने कुरामा मतमतान्तर देखीएको थियो ।