कमला हमाल
कोहलपुर असोज २७ । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ वि २ को हामी सेवा गर्छौ भन्ने मुल नाराका साथ शुकबार कोहलपुरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । लायन्स क्लव अफ कोहलपुर, लायन्स क्लव अफ कोहलपुर सीटी, लागन्स क्लव अफ ढकेरी उद्यान, लियो क्लव अफ कोहलपुर , लियो क्लव अफ कोहलपुर सीटीको आयोजनामा बृहक्त रक्तादन कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा डिस्ट्रिक गर्भनर मधुसुदन शर्माले पहिलो पटक रक्तदान गनु आउनु एक युवकलाइ रक्तदानका सामग्री दिएर उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै विश्वकै सवै भन्दा ठूलो सामाजिक संस्था लायन्सले रक्तदान नै जीवनदान हो भन्ने मूल मन्त्रलाइ आत्मसात गर्दै आफ्ना सवै क्लवहरुमा रक्तदान अभियान नै सञ्चालन गरेको बताउनुभयो । शर्माले लायन्सले सामाजिक सेवामा अन्य क्रियाकलप गरे पनि रक्तदानमा विशषे भूमिका खेलेकोले अव लायन्स ब्लड बैंक पनि छिटैं सञ्चालनमा ल्याउने जानकारी गराउनुभयो । रक्तदान कार्यक्रमा १ सय ५ जनाले रक्तादान गरेको लायन्स क्लव अफ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा लायन्सकर्मी, लियोकर्मी, उद्योगी, व्यापारी, स्थानिय, शशस्त्र प्रहरी बल त्रिपुरा गण कोहलपुरका प्रहरी, अख्तियार दुपयोग अनुसन्धान आयोगका कर्मचारी लगायतले रक्तदान गर्नुभएको छ ।