मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एक दिन हामीले सरसफाई गरेर कोहलपुर सफा हुँदैन नगर सफा गर्ने काम स्थानियकै हो धुर्मुस
  • मार्गरेखा संवाददाता

  • एक दिन हामीले सरसफाई गरेर कोहलपुर सफा हुँदैन नगर सफा गर्ने काम स्थानियकै हो धुर्मुस

    चर्चित हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ सहित हास्य कलाकारहरु सुरबिर पण्डित ‘दाह्री बुढा’ र पल्पसा डंगोल ‘चम्चुरी’ले मंगलबार कोहलपुर नगरको सरसफाई गरेका छन् ।
    सुदुरपश्चिमबाट शुरु भई नेपालका प्रमुख शहरहरुलाई स्वच्छ, सफा राख्ने जनचेतनामूलक अभियान अन्र्तगत बैक अफ काठमाण्डौको आयोजनामा सञ्चालित शहर मात्र नभई मन पनि सफा राखौं भन्दै थालनी गरेको शहर सफाई कार्यक्रम अन्र्तगत आज कोहलपुरमा सरसफाई गरिएको हो ।
    कोहलपुर स्थित बैक अफ काठमाण्डौको कार्यालयबाट सुरु भएको सरसफाई कार्यक्रम नगरका विभिन्न बजारको सरसफाइ गरी पुन बैङ्ग परिषरमा पुगी टुङ्गीएके थियो ।
    सरसफाईमा हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले नगरसरसफाईमा सहभागी हुन कोहलपुरबासीलाई आग्रह गर्नुभएको थियो ।
    , “आउनुस् तपाई हाम्रो सहरको सरसफाई मिलेर गरौं । एक दिन हामीले सरसफाई गरेर कोहलपुर सफा हुँदैन नगर सफा गर्ने काम स्थानियकै हो ध्र्मुले स्थानिय कोहलपुर बासिलाई आग्रह गरेका थिए । ”
    हास्य कलाकार एवं सामाजिक अभियान्ता कट्टेलले मन सफा भए मात्रै नगर सभा हुने भएकाले नगर सफा राखी नेपाललाई विश्वमा चिनाउन आग्रह समेत अनुरोध गरेका थिए ।

    बैंक अफ काठमाण्डौका ब्राण्ड एम्बेस्डर समेत रहनुभएका कट्टेलले सकारात्मक सोचको विकास गर्दै दिमाकको फोहर हटाउँदै नगर सफा राख्ने अभियानमा आफूहरु रहेको बताउँदै सबैको साथको आवश्यकता रहेको बताउनुभयो । सो सरसफाई कार्यक्रमा कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत, उपमेयर संन्जु कुमारी चौधरी, वडा अध्यक्षहरु,स्थानिय व्यापारी, समाजसेवी र स्थानिय जनसमुदायहरुको सहभागिता रहेको थियो ।

     

  • २४ श्रावण २०७४, मंगलवार ११:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित