कोहलपुरमा ३ दिनसम्म संचालन भएको क्रिकेट प्रतियोगिताको उपाधी मध्यपश्चिम क्रिकेट क्लबले उचालेको छ । सोमबार सम्पन्न अन्तिम खेलमा धनगढीको स्पार्क क्रिकेट एकेडेमीलाई ८० रनको फराकिलो अन्तरले पराजित गर्दै आयोजक मध्यपश्चिम क्लबले ट्रफी उचालेको हो ।
शनिबारदेखी सुरु भएको यू–१६ क्रिकेट सिरिजको तिन वटै खेलमा जित निकाल्न सफल भएको मध्यपश्चिम क्लबका सबै खेलाडीहरुले उत्कृष्ट खेल कौशलता प्रदर्शन गरेका थिए । सिरिजको अन्तिम खेलमा महत्पूर्ण योगदान पु¥याएका मध्यपश्चिम क्लबका टिम क्याप्टन अनुराज वली म्यान अफ द म्याच घोषित भए ।
सिरिजभर उत्कृष्ट प्रदर्शन गरेका मध्यपश्चिम क्लबका सौगात रानाभाटले उत्कृष्ट ब्याट्स म्यानका साथै म्यान अफ द सिरिजको उपाधि समेत पाएका छन । त्यसैगरी उत्कृष्ठ बलर रोहीत सापकोटा र उदयमान खेलाडीको उपाधी अरुण हरिजन प्राप्त गरे ।
सबै खेल जित्दै उपाधि चुम्न सफल भएको मध्यपश्चिमले नगद रु. ७ हजार ५ सय सहित ट्रफी प्राप्त गरेको आयोजक मध्यपश्चिम क्लबका कोच नितेष विष्टले जानकारी दिए ।