हामीमा स्मरण शक्ति नभए जीवनको कल्पना पनि गर्न सक्दैनौँ । त्यति हुँदाहुँदै पनि कतिपयको निकै कमजोर स्मरण शक्ति हुन्छ । कतिपयले भर्खरै देखेको कुरासमेत बिर्सने समस्या भएकोसमेत गुनासो गर्छन् । हाम्रै गाउँघरमा स्मरण शक्ति बढाउने खालका खानेकुराहरू पाइन्छन्, जसको प्रयोगबाट हाम्रो स्मरण शक्ति बढ्छ । एकाग्रताको कमी, डिप्रेसन, चिन्तालगायतका समस्याले स्मरण शक्ति घट्छ ।
एम्पार्टिक एसिड, जसले एम्पार्टेट बनाउन मद्दत गर्छ । जसको स्रोत बदाम, आलु, अन्डा र गेडागुडी हो । अन्डा, कलेजो र भटमास खाँदा पनि हाम्रो स्मरण क्षमतामा थप सुधार आउँछ ।पिठो र आलुमा पाइने ग्लुटामिक एसिडले हाम्रो दिमागलाई स्वस्थ बनाउनुका साथै स्मरण एकाग्रता बढाउन मद्दत गर्छ ।
बदाम, भटमास, अन्डा, मासु र गेडागुडी, माछा, केरा, ओखर, दही, दूध र चिजले पनि हाम्रो स्मरण शक्ति बढाउन मद्दत गर्दछ ।
ओखरले मस्तिष्कलाई सुरक्षा गर्छ । यसले रक्तप्रवाह बढाउँछ । यसको प्रभाव मस्तिष्कमा पनि पर्छ, जसले मस्तिष्कलाई क्रियाशील र स्वस्थ बनाउँछ ।फापरले मान्छेको स्वभावलाई शान्त तुल्याउँछ । यसको सेवनले मस्तिष्कको कार्यक्षमता बढ्छ । चनाले मस्तिष्कको कोषिकामा सन्देशलाई सञ्चार तीव्र गर्न लाभदायक हुन्छ । यो रक्त धमनीलाई आराम दिन पनि उपयोगी हुन्छ ।
भिटामिन बी, सी पाइने भोजन लिनुपर्छ । यसले स्मरण शक्ति बढाउँछ । मसलाको रूपमा प्रयोग हुने ज्वानोले पनि स्मरण एकाग्रता बढाउन महत्वपूर्ण भूमिका खेल्छ । स्रोत नयाँ पत्रिका