मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एनआइसीले ल्यायो चाडपर्व विशेष योजना
  • मार्गरेखा संवाददाता

  • एनआइसीले ल्यायो चाडपएनआइसी एसिया बैंकले दशैं तिहार विशेष योजना अन्र्तगत ‘घर कर्जा योजना’ सञ्चालनमा ल्याएको छ । एनआइसीको यो योजनामा सबै प्रकारका ग्राहकहरुलाई तीन दिनभित्र न्यून ब्याजदरमा कर्जा प्रवाह गरिने क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रबन्धक तेज राज तिमिल्सेनाले बताए । तिमिल्सेनाका अनुसार यो योजनामा १०.८ प्रतिशत ब्याजदरमा बैंकले ऋण तथा कर्जा लगानी गर्नेछ । यो ब्याजदर एकदम न्यून हुने बताइएको छ । साथै यो योजनामा अन्य कुनै पनि प्रकारको बैक सेवा सुविधा नलाग्ने बताइएको छ ।
    कर्जा लिनका लागि ग्राहकले धितो मूल्यांकन गर्दा लाग्ने खर्च पनि बैंकले नै व्यहोर्ने। २ वर्षसम्म ब्याजदर नबढ्ने, र कर्जा लिन फाइल पेश गरेको ३ दिनभित्र सजिलै कर्जा बैंकले उपलब्ध गराउने यो विशेष योजनामा सुविधाहरु रहेको एनआइसी बैंक कोहलपुर शाखा प्रवन्धक शुभास रिजालले बताए । रिजालकाका अनुसार यो योजनामा कर्जा लिँदा लाग्ने सिआसी चार्ज पनि बैंकले नै भुक्तानी गर्नेछ । यो योजना कार्तिक मसान्तसम्म लागु हुने एनआइसी बैंकले जनाएको छ ।
    बैंकले अघि सारेको दशै तिहार विशेष योजनाबारे जानकारी दिन आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले नाफामुखी भन्दा पनि एनआइसीलाई सामाजिक क्षेत्रमा पनि लगानी गरेर ग्राहकहरुको मन जित्न सल्लाह दिए ।
    बैंकहरु व्यवसायिकतालाई मात्र प्राथमिकता दिने गरेको भन्दै अन्य बैंकहरु भन्दा फरक र उदाहरणीय कार्य गरेर सबैको मन जित्न आग्रह गरे । उनले संघको आयोजनामा हुने लेखा तथा वित्तीय तालिमहरुमा हातेमालोका साथै अन्य सामाजिक कामहरु गरेर उदाहरणीय बैंकको रुपमा एनआइसीलाई विकसित गर्न सुझाव दिएका थिए ।र्व विशेष योजना

  • १ कार्तिक २०७४, बुधबार ११:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित