नेपाल बेसवल तथा सप्mटवल संघ बाँकेको अध्यक्षमा किरण आचार्यलाई चयन गरिएको छ ।
कोहलपुरमा संघका केन्द्रिय अध्यक्ष असित जंगबहादुर राणाको अध्यक्षतामा सम्पन्न बेसवल तथा सफ्टवल खेलाडीहरुको भेलाले आचार्य अध्यक्ष रहनेगरी तदर्थ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दुर्गा प्रसाद वास्तोला, सचिवमा मञ्जुल भट्टराई, कोषाध्यक्षमा नारायणदत्त उपाध्याय र सदस्यहरुमा अर्जुन सिंह थापा, दिपेन्द्र सिंह बुढा एवम् चन्द्र चौधरी चयन भएका छन् । गठित तदर्थ समितिले साधारण सभाको आयोजना गरेर समितिलाई वैधानिकता दिइने बताइएको छ ।