मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनकालागि ३२ जिल्लामा उम्मेदवारी दर्ता आज हुँदैछ
  • मार्गरेखा संवाददाता

  • काठमाडौ ५ कात्तिक ।  पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आज प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।
    विभिन्न राजनीतिक दल र स्वतन्त्रका तर्फबाट उम्मेदवार बन्न चाहने व्यक्तिले ३२ जिल्लाको ३७ सीटका लागि उम्मेदवारी दर्ता गराउन सक्नेछन् । उम्मेदवारले प्रस्तावक र समर्थकसहित बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित जिल्लाको मूख्य निर्वाचन अधिकृतको कार्यालमा मनोनयन दर्ता गराउनु पर्नेछ ।
    निर्वाचन आयोगले आजै सांझ ५ देखि ६ बजेभित्र उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्नेछ । भोली उम्मेदवारको बिरोधमा उजुरी दिने, ७ गते मनोनयन पत्र र उजूरी माथि जाँचबुझ गरी निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने छ ।

    यस्तै ८ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन चुनाव चिन्ह प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ । आयोगका प्रवक्ता नवराज ढकालले मनोनयन दर्ताका लागि कर्मचारीहरु सम्बन्धित कार्यालयमा पुगिसकेको जानकारी दिनुभयो ।
    मंसिर १० गते पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी र बाग्लुङमा हुनेछ ।

     

    यसैगरी मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा पहिलो चरणमा नै निर्वाचन हुनेछ ।

    पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । निर्वाचनको लागि ४ हजार ४ सय ६५ मतदान स्थल र २ हजार ९ सय ४६ मतदान केन्द्र कायम गरिएको छ ।

    नेपालको राजनीतिक इतिहासमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दुईवटा निर्वाचन एकै पटक हुन लागेको यो पहिलोपटक हो ।

     

  • ५ कार्तिक २०७४, आईतवार १२:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित