मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सावधान!! तौल घटाउने नाममा यस्ता ७ गल्ती त गर्नुभएको छैन
  • मार्गरेखा संवाददाता

  • शरिरको फ्याट खर्च गर्न शरिरलाई असंतृप्त फ्याटको आवश्यक पर्छ । तौल घटाउने नाममा तपाईं कृत्रिम गुलियो र पेय पदार्थ पिउन सक्नुहुन्छ । जुन तपार्इंको स्वास्थ्यको लागिहानिकारक हुन सक्छ ।

    औषधी तथा पिल्स

    सजिलै तौल घटाउन कहिल्यकाहिँ हामीले औषधी तथा पिल्स खाने गर्छौ । तर, यसले तपाईको स्वास्थ्यमा गम्भीर हानी गर्छ । सन्तुलित भोजन र व्यायामसँगै पूरक पोषणयुक्त खानेकुरा पनि शरिरलाई आवश्यक पर्छ ।

    खाना छोड्ने

    तौल घटाउँछु भनेर लामो समय भोकभोकै बस्नु बेकार छ । यसले तपार्इंको मेटाबोलिजमलाई सुस्त बनाउनुका साथै शरिर आलस्य हुने र बिरामी बनाउँछ ।

    जबर्जस्ती वान्ता गर्ने

    केही व्यक्तिले आफूले मन लागेको खानेकुरा खाएर आफ्नो भोक मेटेपछि केही बेरमै जवरजस्ती मुखमा औंलाकोचारेर वान्ता गरी क्यालोरी फालेको पनि पाइन्छ । यसले व्यक्तिमा गम्भीर मनोवैज्ञानिक असर पर्न सक्छ र झनै खन्चुवा स्वभावको बनाउँछ ।

    पखलालाग्ने औषधि

    पाचनपक्रियामा गडबढी गरी बारम्बार शौचालयजाने विधि धेरैले प्रयोग गरेका हुन्छ । तर औषधीको प्रयोगले पाचन प्रणालीलाई कम्जोर पार्नुका साथै पेटसँग सम्बन्धितअन्य समस्याउत्पन्नहुन सक्छ ।

    धुमपान

    कोहीकोहीले भोक दबाउन धुमपान गर्ने गर्छन् । धुमपानले दिमागको संकेतलाई अबरोध गरी भोक मार्ने गर्छ । त्यहीभएर चुरोट खाने अधिकांश व्यक्तिलाई खाना छोडे पनि खासै अशर पर्दैन । तर, लामो समयसम्म यस्तो गर्दा शरिरलाई हानी गर्नुका साथै क्यान्सरको जोखिम बढ्छ ।

    अत्यधिक व्यायम

    अत्यधिक व्यायायमको परिणामले शरिरलाई घाइते बनाउछ । किनकी अत्यधिक व्यायमले मुटुमा अशर गर्न सक्छ । बरु हल्का दौडने, तौल घटाउने तालिम गर्दा शरिरलाई फाइदा हुन्छ । स्वास्थ्यखबर बाट

  • ८ कार्तिक २०७४, बुधबार १३:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित