मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा १ अर्ब ९ करोड २६ लाख ९० हजार ७९९ बजेट निकासा
  • मार्गरेखा संवाददाता

  • बाँकेमा १ अर्ब ९ करोड २६ लाख ९० हजार ७९९ बजेट निकासा

    नेपालगन्ज उप महानगरपालिका वडा नं.५ रामनगरका सुुचना अभियान्ता अरुण कुुमार तिवारीले बाँकेमा रहेर सामाजिक सरोकारका विषयमा सुुचना माग गर्दै आईरहनुुभएको छ ।

    तिवारीे सुुचना र मानव अधिकार अनुुसन्धान केन्द्रमा रहेर विगत चार बर्षदेखि सुुचनाको हकमा काम गर्दै आउनुुभएको छ । तिवारीले आज कोष तथा लेखा नियन्त्रण कार्यालय, बाँकेमा यस आर्थिक बर्ष मा कुुन कुुन नगरपालिका, गाउँपालिकामा कति बजेट विनियोजन र निकासा भएको सूचना माग गरिएकोमा कोष तथा लेखा नियन्त्रण कार्यालय, बाँकेका प्रमुुख कोष नियन्त्रक ठाकुुर प्रसाद पौडेलले लिखित रुपमा नै सूचना प्रदान गराउनुुभएको छ । उहाँले स्थानीय तहहरुलाई साउन ४ मा नै बजेट निकास भएको जानकारी समेत गराउनुु भएको छ ।

    कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार नेपालगन्ज उपमहानगरपालिकालाई जम्मा बजेट ६८,२५,८३,००० मध्ये २२,७५,२७,६६६, कोहलपुुर नगरपालिकालाई ४२,२८,८१,००० मध्ये १४,०९,६०,१३३,खजुुरा गाउँपालिकालाई ३९,८९,९७,००० मध्ये १३,२९,९९,०००, जानकी गाउँपालिकालाई २६,८७,३७,००० मध्ये ८,९५,७९,०००, डुुडुुवा गाउँपालिकालाई २८,५६,८०,००० मध्ये ९,५२,२६,६६६, नरैनापुुर गाउँपालिकालाई ३०,९०,१३,००० मध्ये १०,३०,०४,३३४, बैजनाथ गाउँपालिकालाई ३६,६७,२८,००० मध्ये १२,२२,४२,६६६ र राप्तीसोनारी गाउँपालिकालाई ५४,३४,५४,००० मध्ये १८,११,५१,३३४ रकम निकासा भईसकेको छ ।

    स्थानीय तहमा निकास भएको बजेट सही सदुुपयोग हुुनलाई सेवाप्रदायक तथा सेवाग्राही विच पारस्परिक जवाफदेहिता हुन जरुरी रहेको सूचनाको हकमा काम गर्दै आएका सुुचना र मानव अधिकार अनुुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी बताउनुुहुुन्छ । बाँके जिल्लामा बार्षिक बजेट ३ अर्ब २७ करोड ८० लाख ७३ हजार विनियोजन गरिएकोकमा हाल १ अर्ब ९ करोड २६ लाख ९० हजार ७९९ बजेट निकासा भईसकेकोले सूचना अभियान्ता अरुण कुमार तिवारीले स्थानीय नागरिकहरुलाई आफनो गाउँमा आएको रकमलाई सही सदुुयोग गर्न आग्रह गरेका छन् ।

     

  • २४ श्रावण २०७४, मंगलवार २०:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित