कोहलपुर ८ कार्तिक । नेकपा (एमाले) बाँके क्षेत्र नं. १ क्षेत्रीय समन्वय कमिटीको दोश्रो पूर्ण बैठक बुधवार कोहलपुरमा सम्पन्न भएको छ । कमिटीका संयोजक क. सूर्य ढकालको अध्यक्षतामा बसेको वैठकले यहि मसिर २१ गते हुन गईरहेको संघ र प्रदेशको निर्वाचनमा बामपन्थी गठवन्धनका उम्मेदवारलाई अत्याधिक मतले बिजय बनाउन १ सय ५ सदस्य निर्वाचन परिचालन क्षेत्रीय कमिटी गठन गर्ने निर्णय गरेको छ । जिल्ला कमिटीका सचिवालय सदस्य तथा क्षेत्र नं १ का संयोजक क सूर्य ढकालको सयोजकत्वमा यस क्षेत्र भित्र रहेका वडा इन्चार्जहरु, यस क्षेत्र भित्र रहेका जिल्ला सल्हाकार परिषदका सदस्यहरु,यस क्षेत्र भित्र रहेका जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरु, यस क्षेत्र भित्र रहेका प्रदेश कमिटीका संयोजक तथा सह संयोजकहरु, यस क्षेत्र भित्र रहेका गाउँपालिका तथा नगर कमिटीका संयोजक तथा सहसंयोजक र सचिवहरु,क्षेत्रीय कमिटीका सदस्यहरु र यस क्षेत्र भित्र रहेका जनवर्गिय संगठनका केन्द्रीय सदस्य तथा वर्तमान तथा पूर्व जिल्ला पदाधिकारीहरु सदस्य रहने गरि निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । बैठकले चुनाव प्रचार प्रसार क्षेत्रीय समितिको सचिवालय समेत गठन गरेको छ । सचिवालयमा यस क्षेत्र भित्र रहेका वडा इन्चार्जहरु, यस क्षेत्र भित्र रहेका जिल्ला सल्हाकार परिषद्का सदस्यहरु, यस क्षेत्र भित्र रहेका जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरु, यस क्षेत्र भित्र रहेका प्रदेश कमिटीका संयोजक तथा सह संयोजकहरु, यस क्षेत्र भित्र रहेका गाउँपालिका तथा नगर कमिटीका संयोजक तथा सह संयोजक र सचिवहरु, पूर्व क्षेत्रीय कमिटीका पदाधिकारीहरु र यस क्षेत्र भित्र रहेका जनवर्गिय संगठनका केन्द्रीय सदस्य तथा वर्तमान तथा पूर्व जिल्ला पदाधिकारीहरु रहने निर्णय गरिएको संयोजक सूर्य ढकालले जानकारी दिए । बामपन्थी गठवन्धनले अगाडि सारेका उम्मेवादरलाई विजय बनाउन र यस अभियानमा सवै नेता तथा कार्यकर्ताहरु परिचालन गर्न एमाले र माओवादी यस क्षेत्रमा रहेका नेताहरुको संयुक्त बैठकको आयोजना दुवै पक्षसँग सल्लहा गरेर उपयुक्त समयमा आयोजना गर्नेे जिम्मेवारी कमिटीका संयोजकलाई दिने निर्णय वैठकले गरेको छ । बैठकले यस क्षेत्र भित्र रहेका सवै वडाहरुको वडास्तरीय बैठक मिति २०७४ कार्तिक गते देखि २५ गते सम्म बसि बुथ स्तरीय चुनावी कार्यत्रम तयार गर्ने, यस क्षेत्रभित्र रहेका क्षेत्रीय कमिटीका जन वर्गिय संगठनहरुको बैठक बसाउने र यस क्षेत्र भित्रका चुनावी गठवन्धनमा रहेका दलका नेता तथा कार्यकर्ताको नाम, नम्वर र कमिटीगत विवरण तत्काल संकलन गर्ने निर्णय गरेको छ ।