मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जनताले बामदेव गौतमलाई हराएर आफुलाई बिजय बनाउने सिचाई मन्त्री संजय गौतम
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ, १२ कात्तिक । सिंचाईमन्त्री संजय गौतमले नेकपा एमालेका उपाध्यक्ष बामदेव बर्दिया क्षेत्र नम्बर १ क्षेत्रबाट चुनाव लड्ने स्मरण गराउँदै गौतमले भने, “राम्रै मान्छेसँग प्रतिस्पर्धा हुँदैछ । तर मलाई जनताले विश्वास गरेका छन् । मैले पनि जन

    तालाई विश्वास गरेको छु नेपाली

    कांग्रेसका तर्फबाट बर्दिया क्षेत्र नम्बर १ काउम्मेदवार समेत रहेका गौतमले आफुले चुनाव जित्ने दाबी समेत गरे ।
    तोकिएकै मितिमा चुनाव गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्धारित समय मंसिर १० र २१ गते नै चुनाव गराउने दाबीगर्दै मन्त्री गौतमले चुनाव कुनै पनि हालतमा नसर्ने भएकाले आशंका नगर्न आग्रह गरे ।
    आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कर कार्यक्रममा बेल्दै मन्त्री गौतमले सर्वोच्च अदालतले निर्वाचन आयोगसँग जवाव माग्दैमा चुनाव प्रभावित नहुने बताए ।
    नेपाली कांग्रेसका नेता समेत रहेका गौतमले यसअघि स्थानीय निकायको चुनावपनि गराउँदैन भनेर यसरी नै प्रचार गरिएको स्मरण गराउँदै चुनाव नचाहने तत्वले आशंका गरेको आरोप लगाए ।
    त्यसैगरी नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले निर्वाचन अपरिहार्य भएको बताएका छन् । अदालती प्रक्रियाले केही आशंका उब्जिएपनि चुनावको मिति कुनै पनि हालतमा सार्न नहुने तर्क पाण्डेको छ । “मतपत्र २ वटा आवश्यक परे पनि निर्वाचन आयोग सक्षम छ । चुनाव गराउन सक्छ ।” पाण्डेले भने ।
    निर्वाचनको मिति जसले सार्छ उसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पाण्डेले दिए ।
    राष्ट्रको आवश्यकता अनुसार वाम गठबन्धन गरिएको भन्दै पाण्डेले वाम तालमेलले एमाले र माओवादीलाई दुई तिहाई बहुमत प्राप्तहुने दाबी गरे । उनले साम्यवाद र एकतन्त्रिय शाषन लाद्न खोजेको भन्ने आरोपको खण्डन गरेका छन् ।
    साक्षात्कार कार्यक्रममा राष्ट्रिय जनता पार्टीको महा–सचिव मनिष सुमनले मधेशी जनताकालागि मुख्यदलहरु कांग्रेस, एमाले र माओवादी एउटै भएको आरोप लगाए । तीन दलमध्ये पनि नेकपा एमाले मधेश विरोधीभएको आरोप लगाउँदै महासचिव सुमनले भने, “एमालेले त मधेशी जनतालाई केही पनि दिन्न भनेर ठाडै भनेको छ ।”
    वाम गठबन्धनले नेपालमा साम्यवाद लाद्न खोजेको आरोप लगाउँदै सुमनले बहुदलीय प्रतिस्पर्धाको अन्त्य गर्नकालागि एमाले र माओवादी मिलेको तर्क गरे ।
    आवश्यकताअनुसार लोकतान्त्रिक गठबन्धन निर्माण गर्न लागिएको भएपनि नेपाली कांग्रेस इमानदार नबनेको आरोप सुमनको छ ।
    मधेशीको माग अनुसार संविधान संशोधन गर्ने विषयमा नेपाली कांग्रेसले प्रतिवद्धता जनाउनुपर्नेमा सुमनले जोड दिएका छन् । तर आफ्नो हैसियतअनुसार कांग्रेसले तालमेलकालागि सिट बाँडफाँट गर्न तयार हुनुपर्ने सुमनको भनाई छ । तालमेल गर्ने भनिएपनि कांग्रेसले आफुखुशी उम्मेदवार बनाएको र कार्यदलको बैठकमा पनि जिम्मेवार बन्न नसकेको आरोप सुमनले लगाए ।

     

  • १२ कार्तिक २०७४, आईतवार १६:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित