मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाका संञ्चारकर्मी जनताको स्वास्थ्य अधिकार प्रति सम्बेदनशिल
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,
    स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण सञ्जाल बर्दियाद्धारा स्वास्थ्य अधिकार, दायित्व स्वास्थ्य सेवाको अबस्था, सवाल र सुर्तिजन्य बस्तु नियन्त्रण तथा नियमन सम्बन्धी बिषयमा अन्र्तिरक्रिया कार्यक्रम गुलरियामा गरिएको छ ।
    प्र्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र(रेस्फेक( काठमान्डौको साझेदारी सहयोगमा आयोजित कार्यक्रममा सञ्जालका सदस्य संस्था तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
    कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक तथा सुचना अधिकारी कृष्णगोपाल चौधरीले बर्दिया जिल्लामा स्वास्थ्य सेवाको अबस्था, सवाल र सुर्तिजन्य बस्तुनियन्त्रण तथा नियमन ऐन र स्वास्थ्य बिमा सम्बन्धी बिषयमा जानकारी गराएका थिए
    । साथै रेस्फेकका सहजकर्ता तथा स्वास्थ्य अधिकार तथा सुर्तिजन्य बस्तु नियन्त्रण संञ्जाल रुपन्देहीका संयोजक डिभी खातीले स्वास्थ्य अधिकार र दायित्वको बिषयमा सहजिकरण गरेका थिए। खातीले रेस्फेकले गरेका स्वास्थ्य अधिकार सम्वन्धि कार्यहरु, स्वास्थ्य अधिकार वर्ष पुस्तिका, स्वास्थ्य अधिकारका लागि सञ्चारकर्मीका भूमिका, स्वास्थ्य अधिकार र सञ्चारकर्मीको दायित्व र नेपाल सरकारले गरेका स्वास्थ्य सम्बन्धी २६ बुदे प्रतिवद्धताहरुको बारेमा जानकारी समेत गराएका थिए ।
    रेस्फेकका कार्यक्रम संयोजक ऋतु प्रधानले कार्यक्रमको उदेश्यको बारेमा जानकारी गराउनु हुदै देशका ५८ वटा जिल्लमा गठित स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण सञ्जालको सक्रियतामा निकट भबिष्यमा जनतामा स्वास्थ्य अधिकारको पहुचको अबस्थाको बारेमा घटना अध्ययन गरि सार्बजनिक गर्र्ने उदेश्यका साथ जिल्ला सञ्जालहरुमा अन्र्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी गराईन्।
    कार्यक्रममा स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण सञ्जाल बर्दिया संयोजक बिष्णुप्रसाद तिमिल्सिनाले जनतामा स्वास्थ्यमा पहुच बृद्धि गर्न र स्वास्थ्य सम्बन्धी नागरिक अधिकार तथा सेवाको उपलब्धताको बारेमा जनचेतना जगाउन नागरिक संस्था तथा सञ्चारकर्मी सम्बेदनशिल र जागरुप हुनु पर्ने वताए ।

  • १६ कार्तिक २०७४, बिहीबार १०:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित