मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सिँचाईको नहरमा सालनाल सहितको मृत शिसु फेला
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,कात्तिक,१७ । बर्दियाको मधुवन नगरपालिका ४ ढोढरी स्थित सिंचाई नहरमा मरेको सालनाल सहितको मृत शिशु फेला परेको छ । विद्यालय हिडेका विद्यार्थीले पानी भित्र शिशु डुबेको देखेपछि प्रहरीमा खबर गरेका थिए । शिशु फालिएको वरपर रगतका दागहरु देखिएका कारण घटना शुक्रवार विहान तिर भए हुन सक्ने प्रहरीको अनुमान छ । महिना नपुगेको जस्तो देखिएको नबजात बालक अवैधानिक भएकै कारण गर्भपतन गरेर फालिएको स्थानियले अनुमान गरेका छन् । अनैतिक सम्बन्धका कारण भएका भ्रुण हत्यामा संलग्नको खोजी घटना भएको केहीदिन सम्म हुने गरेपनि विस्तारै सेलाउदा समाजमा विकृति नरोकिएको स्थानीएको भनाई छ । घटना गैरकानूनी भएको हुनाले थप अनुसंन्धान गरी दोसिलाई कारवाईको दायरमा ल्याईने ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरिक्षक अशोक प्रसाद श्रेष्ठले वताए । । केहि महिना अघि बर्दियाकै बारबर्दिया नगरपालिकाको कुशुम्बाघाट जन्माएर शिशु फाल्ने महिलाको अझै सम्म पत्ता लाग्न सकेको छैन ।

  • १७ कार्तिक २०७४, शुक्रबार १६:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित