नेपालगन्ज, कात्तिक १९ गते । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका मध्ये बाँकेमा ९ जनाले उम्मेदवारी लिएका छन । ११२ जनाले उम्मेदवारी दर्ता गरेकोमा अब १०३ जना उम्मेदवार कायम भएका छन । निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काङग्रेसका नेता कृष्ण कार्की र नेकपा माओवादी केन्द्रका नेता सबिर खाँ र सुरेशकुमार चौधरीले उम्मेदवारी फिर्ता लिएका छन । यसैगरी प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेता अम्बर खडका र नेकपा एमाले सम्वद्ध हेमकुमार यादवको उम्मेदवारी पनि फिर्ता भएको छ ।
मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका मध्ये मुगबहादुर शाह र धु्रबप्रसाद दाहालले उम्मेदवारी फिर्ता लिएका छन । मुख्य निर्वाचन अधिकृत सुवेदीका अनुसार क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी सरोजकुमारी यादवले पनि उम्मेदवारी फिर्ता लिइन ।
निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा १ का राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार शकुन्तला पुनले उम्मेदवारी फिर्ता लिएकी छन ।
क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार शिव डोटेल र क्षेत्र नम्बर ३ प्रदेशसभा २ का स्वतन्त्र उम्मेदवार विजय पाठकको उम्मेदवारी कायम रहेको छ । पाठक माओवादी सम्वद्ध हुन । भने डोटेल एमाले सम्बद्ध हुन