मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज बहुभाषी क्षेत्र भएकाले स्थानीय भाषालाई मान्यता दिनुपर्ने नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, कार्तिक २०।स्थानीय तह अन्र्तगत नेपालगन्ज उपमहानगरपालिकामा स्थानीय अवधी भाषामा दैनिक काम काजको भाषा पनि पारित गर्ने विषयमा आज प्रस्तावना पत्र दिइएको छ । अवधी अगुवा, समाजसेवी, जनप्रतिनि तथा पत्रकारहरुको एक टोलीले नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरलाई ज्ञापन पत्र दिएको छ ।
    नेपालगन्ज उपमहानगरपालिकाबाट अवधी भाषा भाषी समुदायका नागरिक तथा सेवाग्राहीका लागि अवधी भाषामा पनि दैनिक कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउनका लागि अनुरोध गर्दै सामुहिक प्रस्तावना तयार गरि नगर सभाबाट पारित र कार्यन्वयनका लागि अनुरोध गरिएको हो ।
    नेपाली भाषाको सम्मान गर्दै स्थानीय मातृ अवधी भाषालाई पनि मान्यता दिई दैनिक कामकाजीको रुपमा प्रयोग गराउनका लागि माग गरिएको अवधी पत्रकार संघ नेपालका अध्यक्ष राकेश कुमार मिश्रले बताउनुभयो । उहाँका अनुसार निवेदन लगायत अन्य सबै प्रकारका लिखतहरु स्वीकार गर्नमा अवधी भाषालाई पनि दैनिक काम काजको भाषा स्वीकारका लागि आग्रह गरिएको छ ।
    नेपालगन्ज उपमहानगरपालिका अथवा यस बाँके जिल्लाका अवधी भाषा भाषीहरुको सजिलो तथा आत्मीय भावनालाई सम्वोधन गर्ने हिसावले सेवाग्राहीले यस भेगको क्षेत्रीय भाषा जसलाई अवधी भाषा भनिन्छ ।
    ज्ञापन पत्रमा अवधी पत्रकार संघ, अवधी सांस्कृतिक प्रतिष्ठान, अवधी सांस्कृतिक विकास परिषद, नेपाल पत्रकार महासंघ, गैसस महासंघ, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, वडा अध्यक्ष, अवधी अगुवा तथा समाजसेवीले सयुक्त रुपमा हस्ताक्षर गरेका छन । प्रस्तावना पत्र दिने कार्यक्रममा वडा अध्यक्ष उज्वलसिंह राठौर, पत्रकार निरज गौतम, तरुण तलका नेता विमल चन्द नेपालगज उपमहानगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेल लगायतको उपस्थिती रहेको थियो । प्रस्तावना पत्र बुझदै उपमेयर थापाले नेपालगन्ज बहुभाषी क्षेत्र भएकाले स्थानीय भाषालाई मान्यता दिनुपर्नेमा जोड दिदै परिषदमा यसलाई पारित गर्न पहल गर्ने प्रतिबद्धता गर्नुभयो ।

    अवधी भाषा, बोली, साहित्य र संस्कृति यस देशको आफ्नो मौलिकता हो । नेपालको दक्षिण पश्चिमको तराई मधेशको कञ्चनपुरदेखि नवलपरासी दाङ देउखुरी, सुर्खेत समेतले बोल्ने र बुझने हाम्रो राष्ट्रिय भाषा हो । गोश्वामी तुलसीदास जी महाराजले राष्ट्रिय भाषा अवधीमा लेखनु भएको श्रीराम चरित मानस जसले अवध क्षेत्र रामराज्यका प्रणेता मर्यादा पुरुषोत्तम भगवान राजा राम तथा जनकपुर मिथिलामा जन्मिनुभएकी जानकी माताको पावन गाथा ९अमर गाथा० जनमनको अवधी भाषामा लेखिएको छ ।
    नेपालमा अवधी भाषाभाषीको संख्या थोरै भए पनि बाँके, बर्दिया कैलाली, कञ्चनपुर, सुर्खेत, दाङ देउखुरीका केही भाग नवलपरासी, रुपन्देही र कपिलबस्तुमा अवधी भाषालाई बोल्ने र बुझ्नेको संख्या धेरै छ । नेपालमा बुझने संख्या लाखमा भएपनि विश्वमा २५ देखि ३० करोड मानिसले अवधी भाषा बुझने गरेका छन अथवा बुझछन । पश्चिम नेपालको अधिकांस व्यापार र व्यवसाय हिमाली र पहाडी क्षेत्रका बस्तीहरुसंग अवधी भाषा भाषीले यसै भाषाको आदान प्रदानबाट गर्ने गरेका छन ।
    पछिल्लो समय स्थानीय बार बर्दिया नगरपालिकाले थारु भाषा, सप्तरी नगरपालिकाले मैथिली र काठमाण्डौ महानगरापालिकाले नेवाः भाषालाई स्थानीय कामकाजको भाषालाई स्थानीय कामकाजको भाषा घोषित गरि पारित गरिसकेको छ

     

  • २० कार्तिक २०७४, सोमबार १५:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित