एउटा यस्ताे तस्विर जसले विश्वभरका मानिसहरुविच चर्चा बटुल्यो ।
फोटोग्राफर हेलेन एलेरले खिचेको बच्चा जन्माउँदा शल्यक्रिया गर्दाको घाउको दाग, नवजात शिशु र महिलाको गुप्तांग समेत देखिने गरी खिचिएको सो तस्विर समाजिक संञ्जालमा भाईरल बन्यो । फोटोमा शल्यक्रिया गर्दा खेरी भएको घाउको खतले सांकेतिक रुपमा एक अज्ञात आमा र नवजात शिशुलाई बचाएको उल्लेख गरिएको छ । सुत्केरी व्यथा लागेकी ति महिलाको सि सेक्सन गरी बच्चा निकालिएको थियो ।
ति महिलाले आफुलाई र शिशुलाई नै बचाएको भन्दै हेलेनलाई बोलाएर फोटो खिच्न आग्रह गरिन । जब हेलेनले फोटो आफ्नो फेसबुक पेजमा सेयर गरिन तफ यो फोटोले विश्वभर चर्चा पायो ।