प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनका लािग संयुक्त लोकतान्त्रिक गठबन्धनले जिल्लाको निर्वाक्षेत्र क्षेत्र नं. १ ख ले सम्पर्क कार्यालय स्थापना गरेको छ ।
नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले आसन्न चुनावलाई लक्षित गरेर मंगलबार बाँकेको क्षेत्र नम्बर १ मा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ । कोहलपुरस्थित ईलाका वन कार्यालयको सामुन्ने स्थापना गरिएको उक्त कार्यालयको मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । कार्यालयलाई एक विशेष समारोहकाबीच नेपाली काँग्रेसका महासमिति सदस्य भानुभक्त भट्टराई र संविधान सभा निर्वाचनतर्फका प्रत्यक्ष उमेद्वार नारायण प्रसाद सिग्देलले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रमका प्रमुख अथिति समेत रहेका महासमिति सदस्य भानुभक्त
भट्टराईले मुलुकले लोकतान्त्रिक व्यवस्था प्रणाली स्वीकार गरिसकेकाले लोकतन्त्रवादी शक्ति वाहेक अन्य कुनै शक्ति निर्वाचनबाट चुनिन नसक्ने
बताए । उनले नेपाली काँग्रेस भित्रको आन्तरिक मतभेद र कलह निर्वाचनताका देखिनेभएपनि अन्ततः निर्वाचनमा एक ढिक्का हुने भएकाले लोकतान्त्रिक गठबन्धनको बिजयी सुनिश्चित भएको ठोकुवा गरे ।
कार्यक्रमका सभापति तथा कोहलपुर नगर समिति सभापति बलराम शर्माले हिजोका दिनमा उमेद्वारका आकांक्षी एक भन्दा बढि हुनु लोकतान्त्रिक प्रक्रिया भएको बताउँदै सिमित समयमा पार्टीप्रतिको असन्तुष्टि रहेपनि बर्तमान समयमा नेपाली काँग्रेस कोहलपुरमा कुनै पनि मतभेद तथा असन्तुष्टि नरहेको बताए । उनले सबै काँग्रेसीजनहरु एकढिक्का भएको बताउँदै निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले अकल्पनीय बिजयी हासिल गर्ने धारणा राखे । कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र नम्बर १ का प्रतिनिधी सभा उम्मेदवार माधवराम खत्रीले बाम गठबन्धन बनेपनि निर्वाचन परिणाम लोकतान्त्रिक गठबन्धनकै पक्षमा आउने दाबी गरे ।
‘यस्ता बाम गठबन्धनविरुद्ध विगतमा दुई पटक हामी लडिसकेका छौं, तर चुनावी परिणाममा हामी सफल भएकै हो,’ खत्रीले भने ‘लोकतन्त्रलाई बचाउनका निम्ति काँग्रेस र राप्रपाबीचको गठबन्धन एक भएर लाग्नुपर्छ ।’ यस्तै प्रदेश सभातर्फका उमेद्वार नारयण प्रसाद गौडेलले लोकतन्त्रमा आस्था
राख्ने लोकतान्त्रिक गठबन्धनका सबै नेता कार्यकर्ताहरुले इमान्दारिता देखाएको खण्डमा लोकतान्त्रिक गठबन्धनलाई कसैले पनि उछन्न नसक्ने धारणा राखे । उनले सबै लोकतन्त्रवादी शक्तिहरु एक भइसकेकाले अबको निर्वाचनपछि मुलुकले निकास पाउने बताए । त्यसका लागि सबै लोकतन्त्रका पक्षधरहरु निर्वाचन पछि पनि गठबन्धनमै रहिरहनुपर्नेमा उनले जोड दिए ।
तत्कालिन मधेशी जनाधिकार
फोरमका लोकप्रिय नेता तथा वर्तमान काँग्रेस नेता फूलाराम थारुले लोकतान्त्रिक गठबन्धन समय र जनताको मागबमोजिम भएकाले निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले नै जीत हासिल गर्ने ठोकुवा गरे । यस्तै राप्रपाका केन्द्रिय सदस्य हिक्मत ढकालले दुई दलको एउटै उद्देश्य लोकतन्त्रको विकास र लोकतान्त्रिक सुदृढीकरण रहेको
बताए । ‘हामी एउटै गाउँका यात्री भएका छौं, परिस्थिती अहिले जटिल छ, त्यसकारण पार्र्टीिभत्रका सानातिना मतभेदलाई बिर्सेर चुनावी अभियानमा लाग्नुपर्छ,’ ढकालले भने । कार्यक्रममा दर्जनबढि गठबन्धनमा सहभागी नेतृत्वकर्ताहरुले मन्तव्य राखेका थिए ।