मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दाङको विकट ठाउँ बस्तीखोलामा स्वास्थ्य सेवा विस्तार
  • मार्गरेखा संवाददाता

  • शंकर के सी,दाङ, २२ कार्तिक ।दाङ शानितनगर गाउँपालिकाले दुर्गम र विकट ठाउँ बस्तीखोलामा स्वास्थ्य सेवा विस्तार गरेको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह डागीले शान्निगर गाउँपालिकाको वडा नम्बर ३ बस्तीखोलामा मंगलबार वडा स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् । बस्तीदेखि टाढा र अपायकपर्ने ठाउँमा स्वास्थ्य संस्था हुँदा समस्यामा परेका वस्तीखोलाका सर्वसाधारणलाई अव केहि सहज हुने भएको छ ।
    वडा स्वास्थ्य कार्यालय स्थापना संगै मंगलबार नै कार्यकारि अधिकृत निम बहादुर केसीले स्वास्थ्य संस्थाको लागी निर्माण गर्न लागीएको दुइ कोठे भवनको पनि शिलान्यास गरेको त्यहाँबाट पत्रकार निराश पाण्डेले जानकारि दिएका छन् । स्वास्थ्य मन्त्रालयको तीन लाख रुपैया र स्थानीयको जनश्रमदानबाट भवन बन्न लागेको हो । गाउँमा स्वास्थ्य संस्था नहुँदा वस्तीखोलाका सर्वसाधारणलाइ १० किलोमिटर पैदल यात्रा गरेर चिराघाटमा स्वास्थ्य सेवा लिन जानुपर्ने बाध्यता रहेको थियो ।
    वडा स्वास्थ्य कार्यालयबाट वस्तीखोलाका १६० भन्दा बढि घरधुरि प्रत्यक्ष लाभान्वित हुने भएका छन् । गाउँपालिकाका अध्यक्ष डागीले अहिलेलाइ वडा स्वास्थ्य कार्यालयबाट हप्ताको दुइ पटक सेवा दिइने र आसन्न निर्वाचन लगत्तै नियमित स्वास्थ्य सेवा प्रदान गरिने जानकारि गराए । कार्यालयबाट विरामीहरुले ३५ प्रकारका औषधी निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
    गाउँ स्वास्थ्य कार्यालयका इन्चार्ज हरि पुनको सहजिकरण र सह इन्चार्ज घनश्याम पाण्डेको स्वागत मन्तव्यमा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष डागीले स्वास्थ्यसंस्था अभावमा सामान्य उपचार पाउनबाट समेत गाउँपालिकाबासि वञ्चित हुन नपरोस् भनेर आफुले स्वास्थ्य सेवा विस्तारलाइ प्राथमिकता दिएको बताएका थिए । कार्यक्रममा कार्यकारि अधिकृत केसी, वडा नम्बर ३ का अध्यक्ष बुद्धिराम तिवारि लगाएतकाले बोल्दै सामान्य खालका औषधी समेत नपाएर नागरिकले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।
    वडा स्वास्थ्य कार्यालय सथापना भएपछि वस्तीखोलाका स्थानीय खुसि भएका छन् । यसैविच कार्यालय उद्घाटनको पहिलो दिनमा नै नौ जनाले स्वास्थ्य सेवा पाएका छन् । र मंगलबार नै ४ वटा स्टेचर वितरण गरिएके छ ।

     

  • २२ कार्तिक २०७४, बुधबार १०:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित