ललितपुर। वाम गठवन्धनका नाममा व्ववस्था परिवर्तन गर्ने तथा कम्युनिष्ट अधिनायकको सपना देखे एमाले र माओवादीको लागि यो अन्तिम चुनाव हुने काँग्रेसको चेतावनी दिएको छ।
काँग्रेसले संविधान विस्थापन गरेर कम्युनिष्ट अधिनायकवादतर्फ अघी बढ्न खोजे देशभरका स्वतन्त्रताप्रेमी र लोकतन्त्रवादीहरुले एमाले र माओवादीलाई समाप्त पार्ने काँग्रेसले चेतावनी दिएको हो।
नेपाली काँग्रेसको केन्द्रिय निर्वाचन परिचालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक बालकृष्ण खाँडले भने, ‘ कम्युनिष्ट शासन ल्याउने दिवास्वपन देख्ने तथा निरंकुश लाद्ने सपना देख्नुहुन्छ भने यो चुनाव एमाले र माओवादीका लागि अन्तिम चुनाव हुन्छ। एमाले र माओवादीका साथीहरु सुध्रेर आउनुस नत्र अर्को चुनावमा उमेद्वार बन्ने मान्छे पनि पाउनुहुन्न।’
कम्युनिष्ट गठवन्धनको नाममा संविधान वदल्ने, व्यवस्था बदल्ने, निरंकुश र अधिनायकवाद लाद्ने दिवास्वप्न देख्नेहरु आफै सकिन्छन् खाँणले भने।
पत्रकार सम्मेलनमा खाँणले भने, ‘ लोकतन्त्र र स्वतन्त्रताको विरोधमा रहेका एमाले र माओवादीका धेरै नेताको जमानत जफत हुन्छ ।’
नेपाली काँग्रेसले एमाले र माओवादीले जस्तो देशलाई प्रयोगशाला हैन सबैले गौरव गर्न सक्ने नेपाल बनाउने बताए।
एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध नेता खाँण आक्रमक रुपमा प्रस्तुत भएका थिए। उनले भने, ‘ एक भेगका समुदायको पक्षपोषण गर्ने नाममा अर्को समुदायको मानिसलाई होच्याउन र वहिष्करणमा राख्ने काम गर्ने एमाले कसरी राष्ट्वादी हुन्छ?’
खाँणले प्रश्न गर्दै भने एमाले राष्ट्रवादको नाममा नेपालको राष्ट्रियता बलियो बनाउन नभइ झन कमजोर बनाउन लागेको छ।
एमालेको कथित राष्टवादले देशलाई जोड्ने भन्दा पनि तोड्ने उनको भनाई थियो । माटोको रक्षा गरेर बसेका तराई मधेशका जनतालाई एमालेले हेपेको खाँणले बताए।
नेपालको सार्वभौमसत्ता बचाएर राखेका भूमिपुत्रहरुलाई देशको अर्को भुभागमा उभिएर गाली गरेर के राष्ट्रियता बलियो हुन् सक्छ खाँणले प्रश्न गरे?
देशमा साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरुले राष्ट्रियतामाथि धावा वोलेका छन् उनले भने।
मार्क्सको फोटो टासेर पार्टी चलाउनेहरु कोहि पनि राष्ट्रवादी हुनै सक्दैनन।
खाँणले सबै आम मतदातालाई निर्वाचनमाा भाग लिन आह्वान गरे ।
विदेशमा रहेका नेपालीहरुलाई पनि मतदान दिन पाउने व्यवस्थाका लागि काँग्रेसले निर्वाचन आयोगमा आग्रह गरेपनि प्रविधीका कारण पनि यो पटक गर्न नसकेको जानकारी गराएको खााँणले बताए।
खाँणले अर्को चुनावदेखि विदेशमा रहेका नेपालीहरुलाई मतदान दिने व्यवस्था मिलाउन आयोगले विश्वास दिलाएको र सोको व्यवस्था मिलाउन काँग्रेस लाग्ने बताए।
खाँणले चुनावमा समानुपातिकतर्फ ४५ प्रतिशत मत ल्याउने र ८० सिट भन्दा वढी प्रत्यक्षमा पनि जित्ने दावी गरे।
सातै प्रदेशमा काँग्रेसको मिडिया सेन्टर
नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सातै प्रदेशमा मिडिया सेन्टर शुरुवात गर्ने भएको छ।
स्थानिय चुनावको वेलामा शुरु गरेको मिडिया सेन्टरलाई काँग्रेसले विस्तार समेत गरेको छ। काँग्रेसले सातै प्रदेशमा मिडिया सेन्टर स्थापना गरि प्रचारका कामलाई चुस्त बनाउन लागेको हो।
काँग्रेसले प्रदेश नम्वर १ को मिडिया सेन्टर इटहरी प्रदेश नम्वर २को मिडिया सेन्टर जनकपुरर बीरगञ्जमा प्रदेश न ३ को मिडिया सेन्टर चितवन प्रदेश नम्वर ४को पोखरामा प्रदेश नम्वर ५ को वुटवल र नेपालगञ्जमा प्रदेश नम्वर ६को सुर्खेत र प्रदेश नम्वर ७को धनगढीमा मिडिया सेन्टर केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले जानकारी दिए।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि नेपाली काँग्रेसले केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेपछिको पहिलो पत्रकार सम्मेलनमा काँग्रेस नेता तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक खाँणले सो जानकारी गराएका हुन्।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रचार प्रसार उपसमितिका सहसंयोजक बद्री पाण्डे एमालेले संविधान प्रतिको अनास्था देखाएको बताए। यो संविधानलाई असफल बनाएर विस्थापित गर्दै अर्को संविधान ल्याउने खेल एमालेले गरेको छ पाण्डेको आरोप छ। एमालेका गतिविधीले उनीहरुयो संविधानलाई च्यात्नेतर्फ गएको पाण्डेले बताए। हाम्रा कुरा डटकमबाट