दाङ, २३ कार्तिक
आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनकालागि नेपाली कांग्रेसले निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी अभियान तीव्र बनाएको छ । प्रतिनीधी सभा एवं प्रदेश सभाका उमेद्वारहरु आफ्नो निर्वाचन क्षेत्रमा चुनावी कार्यक्रम अन्तरगत अगुवा कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।
गाँउगाँउमा पुगेर चुनावी प्रचारप्रसारस्ँगै अगुवा नेता कार्यकर्ता भेटघाट गरिरहेका यस क्षेत्रका उमेद्वारहरुले आज वुधवार पनि गाँउगाँउमा कार्यक्रम गर्न व्यस्त रहेको प्रचारप्रसार समितिका संयोजक भुपबहादुर डाँगीले जानकारी दिनुभयो । यस क्षेत्रबाट प्रतिनीधी सभा सदस्कया उमेद्वार राजु खनाल, प्रदेश (क) का उमेद्वार कमलकिशोर घिमीरे र प्रदेश (ख) का उमेद्वार भरतबहादुर न्यौपाने सहित समानुपातिक उमेद्वार सावित्रा राना, अर्जुनकुमार श्रेष्ठ, पुष्पा वादी लगायतको टोली चुनावी प्रचारमा व्यस्त रहनुभएको छ । जुन टोलीमा निवर्तमान सांसद अनिता देवकोटा सहित जिल्लाका अगुवा नेताहरु पनि रहनुभएको छ । यस क्षेत्र अन्तरगत घोराही उपमहानगरपालिका वडा नम्बर ६ को गुरुवागाँउ, वडा नम्बर ७ को सौडियार, वडा नम्बर १७ कर्जाही, पनौरा लगायतका स्थानमा अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ । यी स्थानमा सम्पर्क कार्यालय पनि स्थापना गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनालले देशको हरेक विकासदेखी निकाससम्मका काम कांग्रेसको नेतृत्वमा भएको बताउदै अब पनि देशलाई कांग्रेसकै नेतृत्व आवश्क भएको बताउनुभयो । देशका हरे ठुलादेखी तल्लो स्तरका विकास कांग्रेसले गरेको उहाँको भनाई छ । देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउनेदेखी मधेशमा देखिएको समस्या समाधानसम्म कांग्रेसले नेतृत्वदायी भूमीका खेलेको भन्दै खनालले अब संविधान कार्यान्वयन चुनौतिपूर्ण भएकाले यसको नेतृत्वपनि कांग्रेसले नै गर्न आवश्यक रहेको बताउनुभयो । यस क्षेत्रमा आफैलाई मत हाल्न नपाउने टुरिष्ट उमेद्वारहरु कम्यूनिष्ट दलहरुले ल्याएको भन्दै जनता झुक्याउने खेलमा लागेको खनालको भनाई छ । साथै उहाँले यस विषयमा सचेत रहन मतदाताहरुलाई अनुरोध गर्नुभयो । आँफूहरु सधै जनताको सेवकको रुपमा रहिरहेको बताउदै खनालले केही नेताहरु जनतालाइ दास सम्झेर टुरिष्टको रुपमा आएको आरोप लगाउनुभयो ।
यस क्षेत्रमा आँफू र अनिता देवकोटा सांसद रहदा हरेक क्षेत्रको विकास गरेको खनालले जानकारी गराउनुभयो । सडक सञ्जालदेखी पुल पुलेसो, विद्युत्, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा धेरै विकास गरेको भन्दै आगामी दिनमा निर्वाचित भएर गएपछि त्यसलाई निन्तरता दिन सकिने बताउनुभयो । कम्यूनिष्ट दलहरुले दाङ राजधानी बनाउछौँ भनेर दंगालीलाई झुक्याउन खोजेको भन्दै खनालले दाङ राजधानी बनाउने विषयलाई कांग्रेसले पहिलो मुद्धाको रुपमा अगाडी ल्याएको उहाँको भनाई छ । उहाँले देख्दा मोटोमात्र हुने गाईले दुध नदिनुभन्दा त दुध दिने सानो गाई नै ठिक भन्दै आफूलाई सानो गाईको रुपमा लिन मतदाताहरुलाई अनुरोध गर्नुभयो ।
प्रदेश सभा सदस्यकालागि (क) का उमेद्वार कमल किशोर घिमीरेले लोकतन्त्रलाई स्थाईत्व दिनकालागि नेपाली कांग्रेसलाई विजयी बनाउन मतदातालाई अनुरोध गरेका छन् । घिमीरेले नेपाली कांग्रेसले जितेमात्र देशमा लोकतन्त्र र प्रजातन्त्र स्थापना हुने बताए । यो निर्वाचन पार्टीको प्रतिष्ठासँग जोडिएकाले त्यसै अनुसार अगाडि बढन मतदाताहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपाली काग्रेसको जित सुनिश्चित रहेको समेत दावी गर्नुभयो । दाङ कांग्रेसको किल्ला भएकाले यसपटकको निर्वाचन पनि कांग्रेसकै पक्षमा भएको उहाँको भनाई छ । जिल्लाका पहाडी क्षेत्रमा कांग्रेसले धेरै क्षेत्रमा विकासका पूर्वाधारहरु पु¥याएको घिमीरले जानकारी दिनुभयो ।
प्रदेश सभा सदस्यकालागि (ख) का उमेद्वार भरतबहादुर न्यौपानेले लोकतन्त्र र संविधानको रक्षाकालागि कांग्रेसको नेतृत्व आवश्यक भएको बताउनुभयो । कांग्रेसबाहेक अन्य दलले निर्वाचन जितेमा लोकतन्त्र र संविधान नै खतरामा पर्ने उहाँको भनाई छ । लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनकालागि कांग्रेसले जित्न आवश्यक रहेको न्यौपानेले बताउनुभयो । लोकतन्त्र रक्षकहरु र अधिनायकवादबीचको जनमत संग्रहको रुपमा अहिलेको निर्वाचन रहेको न्यौपानेको भनाई छ । लोकतन्त्र बचाउने की देशलाई अधिनायकवाद तर्फ लैजाने त्यसको छिनोफानो गर्ने जिम्मा मतदातहरुमा रहेको भन्दै उहाँले लोकतन्त्र रक्षाकालागि सहयोग गर्न मतदाताहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा निवर्तमान सांसद एवं कांग्रेस नेतृ अनिता देवकोटाले कांग्रेसको एकता देखेर गठबन्धन अत्तालिएको बताउनुभयो । आगमी निर्वाचनकालागि कांग्रेसहरु एक भएको देखेर गठबन्धको मनोवल गिरिसकेको देवकोटाको भनाई छ । उच्च बनोवलकासाथ लोकतन्त्र बचाउन र संविधान कार्यान्वयनकालागि सम्पूर्ण लोकतान्त्रीक शक्तीहरु एक भएर लाग्न देवकोटाले अनुरोध पनि गर्नुभयो । देशको हरेक विकास र निकासमा कांग्रेसको अहम् भूमीका भएको पनि देवकोटाको भनाई छ ।
विभिन्न स्थानमा भएको कार्यक्रममा कांग्रेस दाङका पूर्व सभापति विरकेशरी गौतम, निवर्तमान सभापति घनश्याम रेग्मी, प्रचाररप्रसार समितिका संयोजक एवं साविक क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगी, सौडियार ईकाई सभापति कर्णबहादुर बुढाथोकीले मन्तव्य राख्नुभएको थियो ।
कमिरेचौरमा सम्पर्क कार्यालय स्थापना
निर्वाचन क्षेत्र नम्बर २ (क) को बंगलाचुली गाँउपालिका कमिरेचौरमा आज सम्पर्क कार्यालय स्थापना गरिएको छ । क्षेत्रीय सभापति गिरिराज सुवेदी सहित पुगेको उमेद्वारहरुको टोलीले सम्पर्क कार्यालयको स्थापना गरेको हो । त्यस अवसरमा बोल्दै यस क्षेत्रबाट प्रदेश सभा सदस्यका उमेद्वार कमल किशोर घिमिरेले कांग्रेस सधै जनताको सुख दुखमा रहेको भन्दै नेपाली काग्रेसलाई विजयी वनाउन अनुरोध गर्नुभयो । नेता घिमिरेले लोकतन्त्रलाई स्थापीत गर्न नेपाली काग्रेसको विजयी अनिवार्य रहेको समेत बताए । साविक क्षेत्र नम्वर २ का सभापति गिरीराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य दामोदर घिमिरे, पुर्व जिल्ला सदस्य पुर्णवहादुर मल्ल, नेपाल महिला संघ क्षेत्र नम्वर २ का सभापति शुसिला पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो । साविक काभ्रे गासिवका इकाइ सभापति केदारनाथ पौडेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण चेतवहादुर डाँगीले गरेका थिए ।
यसैबीच बंगलाचुली गाँउपालिकामा प्रचारप्रसार मूल समिति गठन गरिएको छ । साविक काभ्रे गाविसका सभापति जागेश्वर अधिकारी संयोजक रहेको ७७ सदस्यीय समिति गठन गरिएको छ । जसको सह–संयोजक साविक गाविसका सभापतिहरु रहने छन् ।
सल्लाहकार र अनुगमन समिति गठन
निर्वाचन क्षेत्र नम्बर २ मा सल्लाहकार र अनुगमन समिति गठन गरिएको छ । क्षेत्रीय समितिको आज घोराहीमा बसेको बैठकले तिर्थराज ज्ञवाली (चैतु) को संयोजक रहेको सल्लाहकार समिति र विरकेशरी गौतम संयोजक रहेको अनुगमन समिति गठन गरिएको छ । जस अनुसार सल्लाहकार समिति कृष्णकिशोर घिमीरे, तिलकबहादुर डाँगी, विनोद पोख्रेल, कुमुद पोख्रेल, डा. अर्जुनकुमार बुढाथोकी, डा.विनबहादुरसिंह वली, निर्मलकुमार देवकोटा, शिव सुवेदी, भोजराज पाण्डे र नारायण भण्डारी लगायत रहनुभएको छ । यस्तै अनुगमन समितिमा घनश्याम रेग्मी, अनिता देवकोटा, लेवेन्द्र धिताल, खगराज पाण्डे, हरि रजौरिया, सुशीला थापा, टेकबहादुर डाँगी रहनुभएको छ ।
क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले सवारी दुर्घटनामा परि घाईते हुनुभएका निवर्तमान क्षेत्रीय सचिव रणबहादुर भण्डारीको उपचारका क्रममा निधन भएकोमा दुःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तीको कामना सहित शोकाकुल परिवार प्रति समवेदना व्यक्त गरेको छ । साथै बैठकले क्षेत्रीय पार्टि कार्यालयमा शोकपुस्तीका राख्ने निर्णय गरेको क्षेत्रीय सचिव बद्रिकुमार खड्काले जानकारी दिनुभयो ।
यस्तै नेपाली कांग्रेस त्रिपुर ईकाई सभापति दिपक पाण्डे, सौडियार सभापति कर्णबहादुर बुढाथोकी र धर्ना ईकाई सभापति विष्णुमणी दाहालले आज संयुक्त विज्ञप्ती निकालेर निवर्तमान क्षेत्रीय सचिव भण्डारीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
दलित संघको क्षेत्रीय प्रचार समिति गठन
आगमी निर्वाचनकालागि दलित संघ साविक क्षेत्र नम्बर ३ ले प्रचारप्रसार समिति गठन गरेको छ । क्षेत्रीय समितिको बैठकले केशव नेपालीको संयोजकत्वमा ७५ सदस्यीय प्रचार समिति गठन गरिएको हो । समितिमा यस क्षेत्रका सम्पूर्ण दलित नेता कार्यकर्ता रहनुभएको छ । क्षेत्रीय उपाध्यक्ष केशव नेपालीको अध्यक्षता एवं महाधिवेशन प्रतिनीधी देवकुमार नेपालीको प्रमुख आतिथ्यमा बसेको बैठकको सहजिकरण सचिव पदम नेपालीले गर्नुभएको थियो ।
क्षेत्र नम्बर १ मा चुनावी प्रचार सुरु
नेपाली कांग्रेस निर्वाचन क्षेत्र १ ले चुनावी प्रचार कार्यक्रम सुरु गरेको छ । यस क्षेत्रका उमेद्वारहरुले आज वुधवार घोराही उपमहानगरपालिका ५ मा रहेको पाण्डवेश्वर महादेव मन्दिरको दर्शनसँगै पूजापाठ गरेर चुनावी प्रचारलाई सुरु गरेको छ । १ नम्बरमा पर्ने यस मन्दिरमा वुधवार विहान पुगेर प्रतिनीधी सभा सदस्यका उदेद्वार सुशीला चौधरी, समानुपातिक उमेद्वार पार्वति डिसी चौधरी, क्षेत्र नम्बर १ को प्रदेश (क) का उमेद्वार प्रदिप थापा र (ख) का उमेद्वार जानकीलाल बस्नेत मन्दिरमा पूजापाठ गरेर चुनावी प्रचारमा लाग्नुभएको छ । उहाँहरुको साथमा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । भगवान्सँग जीतको आशीर्वाद लिएर प्रचार सुरु गरिएको प्रतिनीधी सभा सदस्यका उमेद्वार सुशीला चौधरीले जानकारी दिनुभयो ।
आज यस क्षेत्रका उमेद्वारहरुले धर्ना, राजपुर, बेलाका विभिन्न स्थानमा पुगेर कांग्रेसका अगुवा नेता कार्यकर्ता लगायत मतदाताहरुसँग भेटघाट गरेको प्रचारप्रसार समितिका संयोजक भेषराज पान्डेयले जानकरी दिनुभयो ।