मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

वैध हात–हतियार बुझाउन बर्दिया प्रशासनको आग्रह
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया, कार्तिक २३ । आफूसंग भएका वैध हात—हतियारहरु प्रहरी प्रशासनमा बुझाउनको लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ ।
    आसन्न मंसिर २१ गते हुने प्रतिनिधी सभा निर्वाचन तथा प्रदेश सभासदस्य निर्वाचन शान्तिपूर्ण, भय रहित वातावरणमा सम्मपन्न गर्नका लागि हतियार प्रशासनमा बुझाउन सूचना मार्फत अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले वताए ।
    ‘निर्वाचन सम्पन्न नभए सम्मको लागि वैध रुपमा घरमा राखिएका हतियार सुरक्षित साथ सुरक्षा निकायमा राखिने प्रजिअ भट्टराईले जानकारी गराएका छन्। निर्वाचन सम्पन्न पश्चात बुझाईएका हतियार फिर्ता गरिने समेत उनले वताए । कात्तिक २१ गते सूचना जारी गरि हतियार बुझाउनका लागि उर्दीजारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुचना प्रकासित भएको १५ दिन भित्र हात–हतियार नबुझाएमा कानुन बमोजिम कारवाहि गरिने समेत प्रमुख जिल्ला अधिकारी भट्टराइले वताएका छन् ।
    निर्वाचन सुरक्षाका दृष्टिकोणले बर्दियामा ५७ वटा अतिसंवेदनशील, ४२ वटा संवेदनशील र ५४ वटा सामान्य मतदानस्थल सुरक्षा समितिले बर्गिकरण गरिएको छ । भारतसँगको खुला सिमाना, मतदान स्थलको दुरी, खराव सडकको आधारमा वर्गिकरण गरिएको प्रशासनको भनाई छ ।

     

     

  • २३ कार्तिक २०७४, बिहीबार १६:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित