मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बालज्योतीमा गरे विद्यार्थीले विशेष वृहत कार्यक्रम
  • मार्गरेखा संवाददाता

  • विद्यालयमा विद्यार्थीहरुलाई अध्यापनमा मात्र सिमित नराखी उनीहरको फरक क्षमतालाई प्रष्पुटन गर्ने उद्देश्यले बाल ज्योती मा.वि.ले वहृत प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ ।
    कार्यक्रममा विद्यालयमा अधययनरत विद्यार्थीहरुले खोज तथा आविष्कार गरेका विज्ञान प्रर्दशनीका साथै चित्रकला प्रदर्शन र पाक कलामा पारंगत विद्यार्थीहरुद्वार तयार पारिएका विभिन्न परिकारहरुको प्रदर्शनी कार्यक्रम विद्यालयले सम्पन्न

    गरेको हो । कार्यक्रमका प्रमुख अथिति एवम् हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले बालज्योती विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको फरक क्षमताको खुलरै प्रशंसा गरे । उनले संस्थागत विद्यालयहरुमा अध्यापनलाई मात्र विशेष महत्व दिने गरेकोमा बालज्योतीले अघिल्ला केही वर्षदेखि विद्यार्थीहरुको फकर अन्तरनिहित फरक क्षमतालाई उजागर गर्ने उद्देश्यले यो विशेष कार्यक्रम आयोजना गरेकामा विद्यालय परिवारलाई बधाई समेत ज्ञापन गरे । अध्यापन पेशामा आबद्व ढकालले भने–“अब्बल दर्जाको विद्यालयको सूचीमा सूचिकृत हुन सफल बालज्योतीलाई अब अन्य विद्यालयको तुलनामा अब्बल नै मान्नुपर्छ ।”
    कार्यक्रममा विद्यालयका प्रिन्सिपल दामोदर पौडेलले विद्यालयका भावी कार्ययोजना प्रस्तुत गर्दै भने–जिल्लामा मात्र होइन मूलुकमै बालज्योतीलाई सर्वश्रेष्ठ बनाउने अभियान हामीले गरिसकेका छौं । दुई वर्ष अघि विद्यालयले मनाएको रजत रजन्तीमा प्रस्तुत गरेको पञ्चवर्षिय योजनाले विद्यालयले अबका केही वर्षमै अग्रगामी छलाङ् मार्ने उनले विश्वास व्यक्त गरे । उनले विद्यालयका संस्थापक स्व. टिकाराम सुवेदीलाई स्मरण गर्दै भने–“टिकाराम सरको मार्गनिर्देश अनुसार नै विद्यालयलाई हामीले समुन्नत बनाउने अभियान शुरु गरेकामा सफल हुँदै आएका छौ ।”
    विद्यालयकी संस्थापक तथा कार्यक्रमकी सभापति समेत लक्ष्मी सुवेदीले विद्यालयका संस्थापक तथा शिक्षाप्रेमी स्व. पति सुवेदीलाई स्मरण गर्दै भनिन्–दिवंगत भएपनि स्व. सुवेदी सरको योजना भन्दा वाहिर गएर कुनै पनि गतिविधी हामीले सञ्चालन गरेका छैनौं त्यसकारण आज बालज्योती अभिभावक तथा विद्यार्थी वर्गको मन र मुटुमा छ ।”
    वृहत प्रदर्शनी कार्यक्रममा बालबालिकाहरुले अनुसन्धान तथा आविष्कार गरेका वृहत विज्ञान प्रदर्शनी, हस्तकला र चिक्रकला प्रदर्शनी, पूmड फेस्टिवलका साथै विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

  • २५ कार्तिक २०७४, शनिबार १२:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित