दुर्गा आचार्य
बर्दिया, कार्तिक । जिल्ला निर्वाचन कार्यालय बर्दियाले जिल्लाका संचारकर्मीहरु बिच निर्वाचन र संचार प्रशिक्षण कार्यक्रम गरेको छ । आसन्न मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश शभा सदस्य निर्वाचनमा उम्मेदवार तथा संचारकर्मीले पालना गनृुपर्नै आचारसंहिताको साथै निर्वाचन कार्यक्रम बारे संचारकर्मीलाई जानकारी दिने उद्धेश्यले प्रशिक्षण कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जानकारी गराएको छ ।
जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख पवनकुमार शाहिले निर्वाचन आचार संहिता २०७२ बारे जानकारी गराउदै उम्मेदवार हरुले गर्न पाउने खर्चवारेमा जानकारी गराएका थिए । प्रमुख शाहिले स्थानीय निर्वाचनमा संचारकर्मीहरुले निर्वाचन सफल वनाउन खेलेको भुमिकाको प्रशंसा गर्दै आसन्न मंसिर २१ गतेको निर्वाचनमा समेत संचारकर्मीको भुमिका राम्रो हुनुपर्नै वताए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको समन्वय भएको कार्यक्रममा जिल्लाका सक्रिए संचारकर्मीहरुको उपस्थिती रहेको थियो । निर्वाचन अवधिभर सम्पूर्ण संचारकर्मीहरुले पत्रकार आचारसंहितालाई पालना गरि निश्पक्ष तवरले समाचार सम्प्रेशण गर्नुपर्नै पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले वताए । कुनै पनिदलया उम्मेदवारको एकोहोरो रुपमा प्रचारवाजी ढंगले समाचार प्रसारण नगर्न समेत अध्यक्ष धितालले संचारकर्मी बिच आग्रह गरे । कार्यक्रममा कानूनी वन्देज सम्वधि अँतर्राष्ट्रिय मन्यता,निर्वाचनमा पत्रकार र संचारमाध्यममको भूमिका तथा प्रतिनिधी शभा र प्रदेश शभामा हुने प्रतिनिधित्व लगायतका वारेमा छलफल गरिएको थियो ।