मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कम्युनिष्ठ गठवन्धनको नौटंगी दाङलाइ अस्वीकार्य— नेपाली काँगेस केन्द्रिय सदस्य दिपक गिरी
  • मार्गरेखा संवाददाता


  • शरद रेग्मी
    दाङ,२९ कार्तिक । नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पुर्व सिंचाइमन्त्री तथा दाङ क्षेत्र नंवर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिपक गिरीले कम्युनिष्ट गठवन्धनको नौटंकिलाइ दंगालि जनताले अस्वीकार गर्ने बताएका छन् । पहिले पन्चायती व्यवस्थामा समेत साठगांठ गर्ने कम्युनिष्टहरुको गठवन्धनलाइ अप्राकृतिक गठवन्धन भन्दै उनले अव मुलुकमा लोकतन्त्र आइसकेको अवस्थामा अव कम्युनिष्ठ अधिनायकवादको गठवन्धनलाइ दंगाली जनताले स्वीकार नगर्ने समेत दावी गरे ।
    रिपोटर्श क्लव दाङले तुलसीपुरमा आयोजना गरेको चुनावी सभा एवं साक्षात्कार कार्यक्रममा गिरीले मुलुकमा गणतन्त्र बन्दुकले ल्याएको होइन, विचारको वलले ल्याएको हो, त्यसमा आदरणिय नेपाली कांग्रेसका नेता गिरीजा प्रसाद कोइरालाइ मैले स्मरण गर्न चाहन्छु, अनि जनमत संग्रहकालागी आदरणिय विश्वेशोर प्रसाद कोइरालालाइ स्मरण गर्न चाहन्छु’—साक्षात्कार कार्यक्रममा गिरीले भने । मुलुकले करीव ७ दशक आन्दोलन गरेर जनताले लेखेको संविधान पाएको भन्दै अव यो लोकतान्त्रिक संघात्मक संविधानलाइ पुर्णरुपमा कार्यान्वयनमा ल्याउन प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन शान्तिपुर्ण रुपमा संपन्न गरीनुपर्ने पनि उनले बताए । मुलुक अव शान्ति प्रक्रियामा प्रवेश गरीसकेको अवस्थामा पनि फेरी कम्युनिष्ठ वाम गठवन्धनका नाममा फेरी क्रान्तिको अवस्था सृजनागर्न खोजिंदै छ, गिरीले भने, अव मुलुकलाइ आन्दोलन होइन समृद्धि चाहिएको छ ।
    ‘धमिलो पानीमा माछा मार्न खोज्ने अभ्यास अव सार्थक हुन सक्दैन, अव नेपाली जनतालाइ झुटा आश्वासन बांडेर झुक्याउन सकिने अवस्था छैन’—कांग्रेस नेता गिरीले भने । त्यसैगरी उनले नेपाली कांग्रेस अव अर्को आन्दोलनको पक्षमा नरहेको भन्दै अव समृद्धिका पक्षमा अघि बढिरहेको समेत बताए । धेरै आन्दोलनहरु लोकतन्त्रको स्थापना र समृद्धिकालागी भैसकेको भन्दै उनले अवको आन्दोलन आर्थिक समृद्धिकालागी हुने बताए । सानै उमेरदेखि राजनितिमा होमिएका गिरी कांग्रेसका खरा नेताका रुपमा परीचित छन् ।
    त्यसैगरी उनले पत्रकार साक्षातकार कार्यक्रममा बोल्दै नेपाली कांग्रेस अव शान्ति र समृद्धिका पक्षमा लागीसकेको भन्दै विकाश निर्माणका काममा कांग्रेसको अहम भुनिका भएको पनि बताए । ‘हामी अव आर्थिक क्रान्तिको पक्षमा छौं, अव राजनितिक आन्दोलनको आवस्यकता छैन, गिरीले भने त्यसैकालागी अहिले बृहत दाङ सिंचाइ योजना समेत ल्याइएको छ । साथै उनले बृहत दाङ सिंचाइ योजनाको कार्यान्वयनकालागी यहि आर्थिक बर्षमा ३३ करोड विनियोजन भैसकेको पनि बताए । सोहि कार्यक्रममा गिरीले दाङ राजधानी राजधानी बनाउन नेपाली कांग्रेस र एमाओवादी पहिल्यैदेखि लागीरहेको भन्दै पछिल्लो समयमा एमालेले बुटवल राजधानी बनाउने षडयन्त्र रचिरहेको पनि बताए । त्यसैगरी उनले राप्ती ववइ क्यापस र प्रादेशिक उच्च अदालत पनि नेपाली कांग्रेसकै पहलमा स्थापना भएको बताए ।
    रिपोटर्श क्लव प्रदेश नंवर ५ का अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा अर्का नेता महांदेव शाहले दाङको समृद्धिमा नेपाली कांग्रेस लागी रहेको भन्दै कांग्रेसमा भावनात्मक एकता भैसकेको अवस्थामा अव कम्युनिष्टहरुले निर्वाचनमा अनपेक्षित हार व्यहोर्ने निश्चित भैसकोको दावी गरे । सो अवसरमा अर्का कांग्रेस नेता शंकर गिरीले नेपाली कांग्रेसको लोकतान्त्रिक धारलाइ जनताले सर्वत्र स्वीकार गरेको भन्दै नेपाली कांग्रेसका सवै उम्मेदवारहरुलाइ विजयी बनाउन आग्रह गरे । भरतराज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विमल गौतमले गरेका थिए । यसैबीच रिपोटर्श क्लव दाङले चुनावी सभा र चुनावी अभियान नियमित रुपमा सन्चालन गर्न थालेको छ । क्वलका अध्यक्ष रेग्मीले यो अभियानलाइ जिल्लाका सवै निर्वाचन क्षेत्रमा लैजाने बताएका छन् । यसैबीच विहिवार विहान ८ बजे रिपोटर्श क्लवमा विभिन्न साना दलहरुका उम्मेदवार संग साक्षातकार कार्यक्रमको आयोजना गरीएको र त्यसमा सहभागिताकालागी संपुर्ण सन्चारकर्मि तथा राजनितिक दल र उद्योगी व्यवसायीहलाइ समेत हार्दिक आग्रह गरेको छ ।

  • २९ कार्तिक २०७४, बुधबार ११:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित