मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाबाहरुको बीचमा इस्यिाक राई
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज ।
    नेपाल–भारतका सबैजसो ठाउँबाट आएका ‘बाबा’ अनि ‘जोगीहरु’को भीडमा सोमबार एक ‘सफेद’ व्यक्ति थिए, कोही उनलाई छोएर आर्शिवाद दिँदै थिए, कोही उनको शीरमा हात राखेर जितको शुभाषिस भन्दै थिए । ती निधारभरि खरानी अनि आधा शरीरमा पहेँला कपडाका धर्सा लगाएका ‘बाबा’हरुको बीचमा ती ‘सफेद’ उम्मेदवार थिए ‘मोहम्मद इस्तियाक राई ।’
    संघीय समाजवादी फोरम नेपालका बाँके क्षेत्र नं. २का उम्मेदवार मोहम्मद इस्तियाक राई सोमबार नेपालगन्जको फुल्टेक्रस्थि १००८ हडियाबाबा मन्दिरमा पुगेका थिए । केही दिनदेखि मन्दिरमा चलिरहेको धार्मिक सभामा पुगेका उनले त्यहाँका कथा बाचक, मुख्य पुजारी अनि बाबाहरुसँग आर्शिवाद थापे । बाँकेमा प्रत्यक्षतर्फ क्षेत्र नं. २बाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा उत्रिएका राई मुस्लिम समुदायका एक्लो उमेदवार हुन् ।
    हिन्दूहरुको त्यो महाभेलामा पुग्दा उनले न हिन्दूका कुरा गरे, न मुस्लिमका कुरा । बरु उनले त्यहाँको प्रसाद खाए । आर्शिवाद लिए अनि फेरि दिनभरिको चुनावी अभियानमा लागे । त्यहाँ भेला भएका सञ्चारकर्मीहरुलाई उनले संक्षिप्तमा भने ‘म सबै धर्म र समुदायलाई सम्मान गर्ने व्यक्ति हुँ, जात, धर्म र समुदायका नाममा राजनीति गर्दैन।’ राईले सबै जातजाति, धर्म अनि समुदायको सहयोगले आफूले विजय प्राप्त गर्ने विश्वास पनि व्यक्त गरे ।
    ‘म अरुले भनेजस्तो खोक्रो राष्ट्रवाद, आदर्श अनि राजनीतिक आस्था हैन आम मतदाताको स्नेह चाहन्छु, उहाँहरुको विश्वास छ मप्रति त्यसैले मत चुनाव जित्छु’ राइले भने ‘म कुनै धार्मिक समुदायलाई प्रभाव पार्न होइन, आफ्नो सम्मान प्रकट गर्न आएको हुँ ।’ राइको चुनावी अभियान यतिबेला क्षेत्र नं. २ मा तीव्रगतिमा अघि बढिरहेको छ । घरदैलो, प्रचार, प्रसारजस्ता चुनावी अभियानमा व्यस्त रहेका राईको विश्वास छ ‘म सधै यही माटोमा रहँे, यहीँ बसेर जनसेवामा लागेँ फेरि पनि मलाई समाजसेवा र समग्र बाँकेको लागि केही गर्ने मौका यहाँका मतदाताले दिनुहुनेछ ।’ फोरमले सोमबार नेपालगन्जको वडा नं. १४का विभिन्न टोलहरुमा घरदैलो तथा चुनावी प्रचारप्रसार अभियान गरेको थियो । त्यस क्रममा उम्मेदवार इस्तियाक राईले नेपालगन्ज अनि बाँकेको समग्र विकासको लागि आफूलाई मतदान गर्न आग्रह गरेका थिए । ‘मतदाताको विश्वास अझैँ पनि म प्रति नै छ, फोरमले उत्पीडित जनसमुदायको आवाज उठाउनसक्छ भन्ने विश्वास छ’ राईले भने ‘मैले पनि यहाँको लागि अझैँ धेरै गर्न बाँकी छ र, गरेर देखाउँछु ।’

  • २९ कार्तिक २०७४, बुधबार १२:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित