मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाम उम्मेद्वारलाई मुस्लिम मतदाताको स्वागत
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज ,कात्तिक २९ गते ।  बामगठबन्धन क्षेत्र नम्बर ३ का उम्मेदवारहरुलाई मुस्लिम मतदाताहरुले भव्य स्वागत गरेका छन ।
    बुधबार जयसपुरमा घरदैलोमा पुगेका क्षेत्र नम्बर ३ का उम्मेदवार नन्दलाल रोकाय र प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमलाई पुर्ब गाविस अध्यक्ष कलिम अन्सारी लगायतका स्थानीय मतदाताले उम्मेदवारहरुलाई भव्य स्वागत गरेका हुन । बाम गठबन्धन निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश १ का उम्मेदवार आईपी खरेलसहितको टोलीलाई रनियापुरका मुस्लिम मतदाताले भव्य स्वागत गरेका छन ।
    अन्सारीले यसपटक जयसपुरका मतदाता बाम गठबन्धनको पक्षमा रहेको बताए ।
    जयसपुरमा घरदैलोका लागि उम्मेदवारद्धय रोकाय र गौतमसहित निर्वाचन परिचालन कमिटिका संयोजक दलबहादुर सुनार, बाम गठबन्धनका नेताहरु इन्दबहादुर थापा, रक्षाराम बर्मा लगायत पुगेका थिए ।
    मतदाताको घरदैलोमा पुग्दा उम्मेदवारद्धय रोकाय र गौतमलाई मुस्लिम समुदायका जेष्ठ नागरिकहरुले विजयीका लागि आर्शिवाद समेत दिएका थिए ।
    यसैगरी बाम गठबन्धन निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश १ को आयोजनामा रनियापुरमा बुधबार भेला भएको छ । भेलामा प्रदेशसभाका उम्मेदवार आईपी खरेलले रनियापुर अहिलेपनि शोषण र उत्पिडनमा परेको भन्दै विकास र अधिकारका लागि बाम गठबन्धनलाई जिताउन अपिल गरे । उनले रनियापुरमा सडक कालोपत्रेलाई आफुले प्राथिमिकता दिने बताए । कार्यक्रममा बाम गठबन्धनका नेताहरु रत्न खत्री, डम्बर विक, शालिकराम खडका, गुमान दमाई लगायतले राजनीतिक स्थायीत्वका लागि बाम गठबन्धनलाई जिताउन अपिल गरे । चिसापानीमा पनि बुधबार नै बाम गठबन्धनले भेला सम्पन्न गरेको छ ।

     

  • २९ कार्तिक २०७४, बुधबार १५:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित