मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

संयुक्त वामगढवन्धन द्धारा बर्दियामा चुनावी साझा प्रतिवद्धता सार्वजनीक
  • मार्गरेखा संवाददाता

  •  

    दुर्गा आचार्य
    बर्दिया, मंसिर,२,। आसन्न मंसिर २१ गते हुनगईरहेको प्रतिनिधी सभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐतिहासिक भएको संयुक्त बामगठवन्धनका तर्फबाट बर्दिया क्षेत्र नम्वर १ बाट प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवारी दिएका नेकपा एकालेका उपाध्यक्ष बाम देव गौतमलेले वताएका छन् । बाम गठवन्धनका तर्फबाट जिल्लाका उम्मेदवार हरुको साझा चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रममा गौतमले यस्तो वताएका हुन् । प्रतिनिधीसभा सदस्यका उमेदवार गौतमले आउदै गरेको निर्वाचन संविधान जारी भएपछि संविधान कार्यान्वयनको लगि हुनगईरहेको प्रथम चरणको अन्तिम प्रयास भएका कारण पनि ऐतिहाँसिक भएको गौतमको भनाई छ । गौतमले केन्द्रबाट जारी घोषणालाई देशको बिकाशका निम्ति मूख्य जिम्मेवारी वहन गर्नै कुरालाई अगाडी सारीएकोसमेत वताए ।
    मुक्त कमैया तथा सुकुम्वासीका समस्याहरुलाई पुरागर्नका लागि प्रतिवद्धता संगै संकल्पको घोषणा गरिएको क्षेत्रनम्वर २ प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवारी दिएका बामठवन्धनकै माओवादी केन्द्रका उम्मेदवार तथा विनाविभागिय मन्त्रि संन्त कुमार थारुले वताए । यसै कार्यक्रम बाटै आम जनता बिच संयुक्त गठवन्धनको प्रतिवद्धता राखिएको समेत थारुले वताए । साझा प्रतिवद्धतामा जिल्लाका सडक निर्माण,नदी व्यवस्थापन,पुल निर्माण,सिँचाई तथा अन्य सुधारका कार्यक्रलाई प्राथमिता दिईएको छ । साझा प्रतिवद्धता घोषणा कार्यक्रममा संयुक्त वामगठवन्धनका प्रदेश साभा सदस्यका उम्मेदवार तथा समानुपातिक उम्मेदवारहरुको उपस्थिती रहेको थियो ।

     

  • २ मंसिर २०७४, शनिबार ०९:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित