धनगढी, /नेपाली काग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर आरजु राणा देउवाले नेपाली का“ग्रेसले महिला सशक्तिकरणका पक्षमा निरन्तर काम गरिरहेको बताएकी छिन् ।
चुनावी प्रचारप्रसारका क्रममा शनिबार कैलालीको क्षेत्र नम्बर ५, धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ को भगवतीटोलमा भएको चुनावी सभामा डाक्टर आरजुले आमाको नामबाट नागरिकता, पैतृक सम्पत्तिमा महिलाको अधिकार लगायत महिला अधिकारको संवैधानिक सुनिश्चितताका लागि का“ग्रेसले निर्णायक भूमिका निर्वाह गरेको बताइन् ।
उनले पछिल्लो २० वर्षको अवधिमा सुदूरपश्चिममा आर्थिक विकासले गति लिएको चर्चा गरिन् । ‘का“ग्रेसका लागि अहिले आर्थिक समृद्धि र विकास नै मुख्य सवाल हो’ उनले धनगढीमा सघन सहरी विकास कार्यक्रमसहित धेरै ठूला विकास आयोजना शुरु भइसकेको बताइन् । ‘कैलालीमा छिट्टै पोलिटेक्निक इन्स्टिच्युटको स्थापना हुदैछ’ उनले भनिन् ।
यसैगरी धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ उत्तरबेहडी, बसपार्क, वडा नम्बर २ को चर्च लगायतका स्थानमा भएका चुनावी सभामा प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर आरजुले अहिलेको चुनावलाई जनमत संग्रहका रूपमा रहेको चर्चा गरिन् । ‘यो लोकतन्त्र पक्षधर र विरोधीबीचको निर्वाचन हो’ उनले भनिन्– त्यसैले यो सामान्य निर्वाचन होइन, जनमत संग्रह हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य (क्षेत्र नम्बर ख) का उम्मेदवार डिल्लीराज पन्त, उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, समानुपातिक उम्मेदवार विजया केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
आर्थिक समृद्धिका लागि का“ग्रेसको जीत आवश्यक– डाक्टर आरजु
नेपाली का“ग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले राष्ट्रलाई समृद्धितर्फ डो¥याउन का“ग्रेसको जीत आवश्यक रहेको बताएकी छिन् ।
‘नेपाली का“ग्रेसले मात्रै देशलाई आर्थिक रूपमा समृद्ध बनाउन सक्छ’ शनिबार नेपाल शिक्षक संघ धनगढीले आयोजना गरेको उम्मेदवार भेटघाट कार्यक्रममा नेतृ देउवाले भनिन् ‘प्रतिनिधि सभामा मैले नजिते पनि केही फरक पर्दैन, तर का“ग्रेसले हार्नु हु“दैन ।’
उनले शिक्षा क्षेत्रको सुधारलाई आफूले उच्च प्राथमिकतामा राखेको बताइन् । ‘अझै पनि आम सर्वसाधारणको शिक्षामा पहु“च छैन, शिक्षकहरूले उचित सेवा सुविधा पाउन सकेका छैनन्, सरकारी विद्यालयमा समस्या छन्’ उनले ‘शिक्षा क्षेत्रको सुधारका लागि विशेष योजना नभएकाले समस्या यथावत रहेको’ बताइन् ।
कार्यक्रममा नेपाली का“ग्रेस जिल्ला सभापति नरनारायण शाह (मनु) ले शिक्षकहरूलाई आचारसंहिता विपरित कुनै काम नगरी आधुनिक प्रविधिको प्रयोग गरेर नेपाली का“ग्रेसलाई विजयी गराउन आग्रह गरे ।
उनले अहिलेको निर्वाचन लोकतान्त्रिक र अधिनायकवादबीचको संघर्ष भएको बताइन् । ‘कस्तो विचार, सिद्धान्त भएका व्यक्तिलाई विजयी गराउने ? सोच्ने समय आएको छ’ उनले गाउ–समाजमा राम्रो प्रभाव राख्ने शिक्षक भएकाले लोकतान्त्रिक शक्तिलाई विजयी गराउन आग्रह गरिन् ।
कार्यक्रममा शिक्षक संघका अध्यक्ष गणेशप्रसाद ओझा, कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश ख का उम्मेदवार डिल्लीराज पन्त, ख क्षेत्रका २ उम्मेदवार जीवन राना, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, समानुपातिक उम्मेदवार दिव्यश्वरी शाही, गौरी लामा, नेपाल विद्यार्थी संघ केन्द्रीय उपाध्यक्ष पुष्प शाही लगायतले मन्तव्य व्यक्त गरेका थिए ।