मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

संविधानको रक्षा, दिगो शान्ति, समृद्धिका लागी मतदान माग्दै बाँकेका लोकतान्त्रिक गठबन्धनका उम्मेदावरहरु मतदाताका घर घरमा
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, मंसिर ३ गते/लोकतान्त्रिक गठबन्धनले आईतबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ । आउँदो प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै उक्त गठबन्धनले सम्पर्क कार्यालय स्थापना गरेको हो ।
    सम्पर्क कार्यालय स्थापना लगत्तै वडा नम्बर ४ अन्तर्गत पर्ने बसपार्क, गणेशपुर लगायत स्थानमा घरदैलो थालिएको नेपाली काँग्रेसका प्रदेश सभा–२ ख का उम्मेदवार सुरेन्द्र हमालले जानकारी दिनुभयो । सो क्रममा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले संविधानको रक्षा, दिगो शान्ति, समृद्धि र विकासका लागी आफुहरुलाई मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । लोकतान्त्रिक गठबन्धनको घरदैलोमा स्थानीय बासिन्दाहरु समेत स्वतः स्फुर्त रुपमा सहभागी भएको उम्मेदवारले बताएका छन् ।
    सम्पर्क कार्यालय उद्घाटन तथा घरदैलो कार्यक्रममा लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका प्रतिनिधी सभा उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा उम्मेदवार हमाल, नेपाली काँग्रेस र राप्रपाका अगुवा नेता, कार्यकर्ता, गठबन्धनका निर्वाचन परिचालन तथा प्रचार संयोजक लगायतको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।
    उक्त गठबन्धनले आजै हिरमिनियामा घरदैलो गर्नुका साथै दिउँसो १ बजे नेपालगन्ज उपमहानगर १८ कारकाँदो चोकमा सम्पर्क कार्यालय उद्घटन तथा घरदैलो तथा दिउँसो ३ बजे नेपालगन्ज उपमहानगर वडा नम्बर ९ मा सम्पर्क कार्यालय उद्घाटन तथा घरदैलो गर्ने कार्यक्रम रहेको राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले जानकारी दिनुभयो । चुनाव नजिकिदै गर्दा लोकतान्त्रिक गठबन्धनले आफ्नो प्रचार अभियानलाई सशक्त रुपले अगाडी बढाएको छ ।

     

     

  • ३ मंसिर २०७४, आईतवार १२:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित